Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लामा १८ वर्षपछि एपेन्डीसाईटिसको अप्रेशन

Published on 2:52:00 AM //

प्रेम सुनार
जन संख्या बढ्दो छ , जिल्ला अस्पताल गुल्मीमा छिमेकी जिल्लावासीका विरामीहरुको समेत चाँप  बढ्दो छ तर साधन स्रोत, जन शक्तिको भने त्यस अस्पतालमा डेढ दशक अघिको भन्दा पनि कमी छ । उदाहरणतः १८ वर्ष अघि सम्म त्यस अस्पतालमा एपेन्डीसाईटिसका विरामीलाई गरिने अप्रेशन अहिले गर्न सकिदैन् । जसले गर्दा १८ वर्ष पछि यहाँको एक निजी अस्पतालले एपन्डीसाईटिसको अप्रेशन गरेको छ ।
यस अघि जिल्ला अस्पतालले पाल्पा रिफर गर्ने त्यस विमारको अप्रेशन यहाँ स्थित रेसुङ्गा अस्पताल तम्घासले शनिवार गरेको हो । जिल्ला अस्पतालले शुक्रबार विद्युत नभएको भनेर सुत्केरी ब्याथाकी मिना बिश्वकर्मालाई रिफर गर्यो । तर उसले बत्ति आएको दिन शनिवार पनि अर्का अप्रेशन गर्नु पर्ने विरामी हवाङ्गदी ३ का १७ वािर्षय टिकाराम घिमिरेलाई पनि यहाँ सकिदैन भनेर कि त पाल्पा या त रेसुङ्गा अस्पताल जाउ भनेर पठायो । एपन्डीसाईटिसको अप्रेशन गर्नु पर्ने उनी रेसुङ्गा अस्पतालमा आए । जुन अप्रेशन त्यस अस्पतालका डाक्टर निरेश थापाले सफलता पुर्वक गरेका हुन् ।
जिल्लाकै रेसुङ्गा हस्पिटलमा एपेन्डीसाईटिसको अप्रेशन गरेपछी ह्वाङ्दी ३ का टिकाराम घिमीरे
डाक्टर निरेश र डाक्टर भुसालको साथमा । तस्बिर: प्रेम सुनार
यस सम्वन्धमा  जिल्ला स्वास्थ्य प्रमुख  डाक्टर हरिबहादुर के.सीसंग सम्पर्क राख्दा उनले जिल्ला अस्पतालमा एपन्डीसाईटिसको अप्रेशन गर्न नसकिने भएर उनलाई रेसुङ्ग अस्पतालमा रिफर गरिएको बताए । डाक्टर के.सी.ले  भने–‘ एपन्डीसाईटिसको अप्रेशन त यहाँ गर्न नसकीने भएर पठाएका हौं । उनले थपे– ‘अन्य अप्रेशन गर्ने डाक्टर कासिम शाह हुनुहुन्थ्यो, उहाँ अन्यत्रै जानुभयो, उहाँको ठाउँमा अप्रेशन गर्ने डाक्टर सुरेश नेपाल आउनु भएको छ, यस वेला उहाँ पनि नभएका कारण ति सुत्केरी मिनालाई समेत रिफर गर्न बाध्य भएका हौ ।’
उनका अनुसार डाक्टर सुरेश वाहेक अन्य तिन जना डाक्टर त्यस अस्पतालमा रहे पनि अप्रेशन गर्न सक्दैनन् । गजवको कुरा त त्यसै जिल्ला अस्पतालमा आज भन्दा १८ वर्ष अघि सम्म एपिन्डीसाईटिसको अप्रेशन गर्ने डाक्टर थिए । २०५२ साल सम्म त्यस अस्पतालमा रहेका डाक्टर पुर्णराज लोहनीले त्यस्तो अप्रेशन गर्दथे । यसर्थ पनि यो अप्रेशन जिल्लामा १८ वर्ष पछि रेसुङ्गा अस्पतालका डाक्टर निरेशले गर्ने अवसर प्राप्त गरेका हुन् ।
यि र यस्ता जोखिमपुर्ण अप्रेशन गर्नु पर्ने विरामीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरी दिँदा कैयौंको विचबाटोमै मृत्यु हुने गरेका घटना थुप्रै छन् । दुई वर्ष अघि मात्र खुलेको सामुदायिक अस्पतालले यसरी ठुला शहरमा प्राप्त हुने साधन–स्रोत र जन शक्ति उपलब्ध गराउँदा वषौं पुरानो जिल्ला अस्पतालको त्यो अविगतले सुत्केरी मिना र एपन्डीसाईटिसका विरामी घिमिरे जस्ता विपन्नहरु प्राईभेट अस्पतालमा जान बाध्य भएका छन् ।
जिल्ला अस्पतालले साधन स्रोत र जन शक्तिका लागि पटक पटक माथील्लो निकायलाई घच्घचाए पनि उपल्ब्ध गराउन सकेको छैन । आवस्यक साधन श्रोतका अलवा १८ वर्ष अघिका डाक्टर लोहनी, त्यस पछिका डाक्टर कासीम शाह र देशका विभिन्न जिल्लाका मिशन अस्पतालहरुको अनुभव संगालेर रेसुङ्ग अस्पतालमा आएका डाक्टर निमेश र डाक्टर भुसाल जस्ता डाक्टरहरु भईदिए जिल्लावासीले पाल्पा धाउन पर्ने अवस्था नरहने नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति हरिकुमार श्रेष्ठ बताउँछन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग