Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेसको चुनावी सभामा ९५ बर्षिय बृद्व सम्मानित

Published on 12:05:00 AM //

गुल्मीन्युज संबाददाता
गुल्मी, कार्तिक २७ । नेपाली कांग्रेसको प्रचार प्रसार कार्यक्रम अन्तर्गत गुल्मीको म्यालपोखरीमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिव छन्दबहादुर पहराई, जिल्ला सदस्य काँशी बोहोरा, टकेन्द्र प्रताप सेन, महासमिति सदस्य विष्णु पन्थी, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, नेपाल शिक्षक संघका सभापति प्रेमनारायण भण्डारी, नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण अर्याल, तरुण दलका उप सभापति लालमणी भण्डारी, जनजाती प्रतिनिधी अजय झाँकी्र, क्षेत्रीय सचिव कमल कुँवर, दलित प्रतिनिधि हुमबहादुर नेपाली, बाँझकटेरीका गाउँ सभापति फर्सुराम भुसाल, पुर्कोट दहका यमबहादुर कुँवर, मलागीरीको खिमबहादुर खड्का, सिर्सेनीका रुद्रबहादुर सेन, भनभनेका गोपाल केसी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ९५ बर्षिय बयोबृद्ध जमानसिंहलाई सम्मान गरिएको थियो । यहाँले उम्मेदवार सेनलाई शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा स्थानीय कलाकार मोहन सेन, सरीता खड्का, कमला थापा, रिमा कुँवर लगायतको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रम टिका खड्का खड्काको स्वागत तथा नेपाल शिक्षक संघका १२ नम्बर ईलाकाका पूर्व सभापति घनश्याम भट्टराईको स.चालनमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रमको अवसरमा चुनाव प्रचार प्रसारका लागि चर्णकला सेनको संयोजकत्वमा १ सय ५ सदस्यीय गाउँ स्तरीय प्रचारप्रसार समितिको गठन भएको छ । कार्यक्रमको उप संयोजकमा सरिचा खड्का, सचिवमा सरिता सुनार, कोषाध्यक्षमा कमला थापा लगायत अरु सदस्यहरु रहनुभएको छ । महिला संघकी १२ नम्बर ईलाका संयोजक ईश्वरा कुँवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक संघकी क्षेत्रीय उपसभापति पार्वता कुँवरको उपस्थिति रहेको थियो ।
चुनावी प्रचार प्रसार अन्तर्गत नेपाली कांग्रेस नयाँगाउँ गुल्मीले चुनाव प्रचारप्रसार अभियान अन्तर्गत गाविसका सवै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस गाउँ सभापति कमल थापाको संयोजनमा युवा नेता प्रकाश पोख्रेल, भिमप्रसाद पोख्रेल, गणेश कुँवर, पुर्णवहादुर खड्का, धुव्र पोख्रेल लगायतको टोलीले घरदैलो गरेको हो । विगतभन्दा नयाँगाउँ गाविसमा घरदैलो गर्न सजिलो भएको नेपाली कांग्रेसले जनाएको छ ।
यस्तै चुनावी प्रचार प्रसारको लागि अग्लुङ गाविसमा नारायणी चन्दको संयोजकत्वमा २१ सदस्यीय महिला संघको गठन भएको छ । जसको सह संयोजकमा विजुला चन्द, सचिवमा शुशिला चन्द लगायत अरु सदस्यहरु रहनुभएको छ । कार्यक्रममा कांग्रेस जिल्ला सचिव छन्द पहराई, जिल्ला सदस्य सदस्य ईश्वरी कुँवर, महासमिति सदस्य विष्णु पन्थी, जिल्ला सदस्य काँसिबहादुर बोहोरा, टकेन्द्र सेन, नेपाल शिक्षक संघकी पार्वता सेन लगायतको उपस्थिति रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग