Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीको सेयर बाँडफाँड

Published on 12:37:00 AM //

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी तथा पाल्पा जिल्लाका बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।

त्यस क्षेत्रका लागि निष्कासन गरिएको ३ लाख साधारण सेयर प्रत्यक्ष प्रभावित रुरु, दिगाम, सिद्धेश्वर, खेहा र अर्गलीका बासिन्दालाई ४० प्रतिशत र तानसेन नगरपालिकालगायत अरू १ सय २९ गाविसलाई ६० प्रतिशत बाँडिएको कम्पनीले जनाएको छ । सेयर बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी १८ करोड ३० लाख पुगेको छ ।

निकट भविष्यमा सर्वसाधारणहरूको लागि ११ लाख ७० हजार कित्ता सेयर निष्कासन गरिने जनाइएको छ । कम्पनीले २०६६ कात्तिक १० गतेबाट व्यावसायिक उत्पादन गरी रिडीखोला आयोजनाबाट राष्ट्रिय गि्रड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ । सर्वसाधारणबाट प्राप्त रकम कम्पनीले नयाँ निर्माण गर्ने पाँचथरमा अवस्थित ९.९ मेगावाट क्षमताको इवाखोला आयोजना निर्माण गर्न खर्च गर्ने जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग