Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षतिपूर्ति दिने भनिए पनि व्यवसायीले गाडी चलाएनन्

Published on 3:46:00 AM //

गुल्मी, कात्तिक २९ गते ।  सरकारले बन्दको समयमा चलाएका गाडीमा क्षति भएमा त्यसको क्षतिपूर्ति दिने बताए पनि व्यवसायीले गाडी चलाएका छैनन् ।  जिल्लामा फाटफुट रूपमा सदरमुकाममा एक दुईओटा गाडी चले पनि ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने र जिल्लाबाट बाहिर जाने गाडी चलेका छैनन् ।
चुनावी प्रचार प्रसारमा रहेका दलका सवारी साधन भने निर्वाध रूपमा चलेका छन् ।  तर यातायात व्यवसायीबाट चलाइने भाडाका गाडी ठप्प छन् ।  पश्चिम नेपाल बस व्यवसायी समिति, गुल्मी यातायात व्यवसायी समिति तथा रेसुङ्गा मिनी माइक्रो व्यवसायी समितिका कुनै पनि गाडी चलेका छैनन् ।
सरकार र यातायात व्यवसायी बीच यातायात चलाउने र क्षति भए सरकारले भरणपोषण गर्ने सहमति भए पनि व्यवसायी निर्धक्क सवारी साधन चलाउने आँट गरेका छैनन् ।
पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीका प्रमुख महेश काउछाले पर्याप्त यात्रु नहुँदा सबै बस चल्न नसकेको बताउनुभयो ।  बन्दले गर्दा मान्छे नै पाइँदैनन्, रित्तो गाडी चलाउने कुरा भएन – उहाँले भन्नुभयो ।  उहाँकाअनुसार प्रशासनसँगको समन्वयमा दुईओटा बस स्कर्टिङ गरेर बुटवल पठाइएको छ ।  यात्रु भएमा प्रशासनसँग समन्वय गरी अरु पनि गाडी चलाउन सकिने बताउनुभयो ।
यस्तै जिल्लाकै ग्रामीण क्षेत्रमा चल्ने जिप प्नि चल्न सकेका छैनन् ।  जिप सेवा सञ्चाल गर्ने गुल्मी यातायात व्यवसायी समितिले त्रासको वातावरण भएकाले जिप सञ्चालन गर्न नसेको जनाएको छ ।  समितिको टिकट बुकिङ सहायक चुडाबहादुर थापाले भरपर्दो सुरक्षा अवस्था र पर्याप्त यात्रु नभएकाले व्यवसायीले गाडी नचलाएको बताउनुभयो ।  उहाँका अनुसार गाउँमा गएका जिप गाउँमै छन् ।  कसैलाई इमरजेन्सी परेमा प्रशासनसँग सुरक्षा मागेर गाडी लैजाने गरेको तर काउन्टरबाट नछुट्ने उहाँले बताउनुभयो ।  
जिल्ला प्रशासन कार्यालयले माग भएको बेला सुरक्षा दिन प्रशासन तयार रहेको जनाएको छ ।  सरकारले बन्दको बेला हुने क्षतिको तत्कालै क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  तर व्यवसायीले निर्धक्कसँग यातायात सञ्चालन नगर्दा यात्रुले सास्ती बेहोर्नु परेको छ । -गोरखापत्रबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग