Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोरामा हालेर गाडेको अवस्थामा महिलाको शव बरामद

Published on 2:14:00 PM //

रौतहट, मङ्सिर १४ । रौतहट जिल्लाको लक्ष्मनीया–१ स्थित लालबकैया नदीको बगरबाट गएराति प्रहरीले बोरामा हालेर गाडिएको अवस्थामा एक महिलाको शव बरामद गरेको छ ।
प्रहरीले रौतहट कनकपुर गाविस वडा नं ८ निवासी हेमन चौधरीकी ३५ वर्षीया श्रीमती सानुमती देवी चौधरीको शव खोला बगरबाट बरामद गरेको रौतहट प्रहरीले जनाएको छ । मङ्सिर १२ गते राति लक्ष्मनीया–१ मा थ्रेसरमार्फत धान दाउने क्रममा अचानक थ्रेसर फित्तामा बेरिएर मृत्यु भएकी चौधरीलाई थ्रेसर धनी लक्ष्मनीया–३ का प्रभु साह लगायतले तत्काल शव बोरामा हालेर खोलामा लगी गाडेको जानकारी प्रहरीलाई प्राप्त भएपछि गएराति घटनास्थलमा पुगेको प्रहरीले शव खोला बगरबाट निकालेको प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रहरी सहायक निरीक्षक शिवजी महतोले बताउनुभयो ।
गाडिएको शवलाई परीक्षणका लागि गौर अस्पतालमा पठाइएको छ भने शव गाड्ने थ्रेसर धनी प्रभु साहलगायत तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग