Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धेरै रोएपछि आफ्नै बच्चा ४३० डलरमा बिक्रीमा

Published on 12:03:00 PM //


ब्राजिलका एक दम्पत्तिले आफ्नो बच्चा धेरै रोएर हैरान पारेपछि एक वेभसाइट मार्फत विज्ञापन गर्दै आफ्नो बच्चा विक्रीका लागि राखेका छन् । बेवसाइट ओएलएक्समा प्रकाशित यस विज्ञापनमा बच्चा धेरै रोएको र सुत्न नदिएका कारण जम्मा ४३० डलरमा विक्रीका लागि राखिएको भन्ने कुरा उल्लेख गरिएको छ ।
न्यूयोर्क डेलीन्यूजको खबर अनुसार ओएलएक्सको विज्ञापनमा निलोरंगको कपडा लगाइएको बच्चाको तस्वीर छ र तल क्याप्शनमा बच्चा धेरै रुने र सुत्न नदिएको भन्ने कुरा उल्लेख छ । यस बारे केन्द्रीय प्रहरीले जाँच पनि शुरु गरिसकेको छ । बालसंरक्षण अधिकारीहरूले वेवसाइटमा विज्ञापन राख्ने व्यक्तिको खोजी भइरहेको जानकारी पनि दिइएको छ । तर, विज्ञापनमा दिइएको ठाउँ र फोन नम्बर भने गलत छ । पछि नियम कानुनको उल्लघंन भएको भन्दै विज्ञापन हटाउन लगाइएको छ ।
थप जानकारी: http://www.nydailynews.com/news/world/baby-brazil-sale-430-won-parent-sleep-article-1.1518107

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग