Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङमा अपांगता भएकाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Published on 3:42:00 AM //

कविता घर्तीमगर
बागलुङ ११ । बागलुङको बुर्तिबाङ स्थित स्वास्थ्य प्राथमिक केन्द्र बुर्तिबाङमा अपाङगता भएकाहरुका बालबालिकाहरुका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा, क्षेत्रीय कार्यालय बाग्लुङ्गको आयोजना र प्लान नेपालको सहयोगमा सञ्चालन गएको उक्त शिविरमा बुर्तिबाङ लगाएत पश्चिमी गाउँ विकास समितीका गरि ७९ जना अपांगता बालबालिकाको उपस्थिती रहेको थियो ,ती मध्ये ९ जनालाई सहयोगी सामाग्री वितरण गरिएको थियो भने जन्मजात पैताला फर्किएका, हड्डीहरु भाँचिएका तथा खुम्चीएका र बाङ्गो टिङ्गो भएका, हड्डी पाक्ने लगाएतका समस्या भएका १९ जनालाई अपांगता बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपा रिफर गरिएको छ ।
त्यस्तै ओठ तालु काटिएका र फाट्ने लगाएतका समस्या भएका ९ जनालाई विएण्डवी हस्पिटल काठमाडौ रिफर गरिएको शिविर प्रमुख लक्षमण थापाले जानकारी दिनुभएको छ ।  साथै मंगलबार शिविरबाट सेवा नलिएर छुटेका बालबालिकालाई अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपामा सम्पर्क गर्न सकिने र  अपांगताको अवस्था हेरी आवश्यक निशुल्क सेवा दिने र सम्बन्धित अस्पतालमा रिफर गरि निशुल्क नै उपचार गराउन सकिने अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपा क्षेत्रिय कार्यलयका लक्ष्मण थापाले सवैलाई आग्रह गर्नुभएको छ ।  सो शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बुतिबाङकी निमित्त प्रमुख लक्ष्मी बाँनियाँ तथा जिल्ला अपांगता सञ्जाल बाग्लुङका अध्यक्ष चुडाबहादुर कुवँरले ब्यवस्थापन तथा सहजिकरण गर्नुभएको थियो ।
साथै सोही शिविर यहि मंसिर ९ गते अपांग संघ म्याग्दीको बेनीमा सम्पन्न भएको थियो भने १३ जिल्ला अस्पताल कुश्मा पर्वतमा सञ्चालन गरिने बताईको छ


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग