Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाज विकासमा देखा पर्दै आमासमुह तथा क्लवहरु

Published on 1:22:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ । पश्चिम बागलुङको बोबाङ — १ स्थीत उत्तरगंगा महिला विकास समिती यतिखेर समाज विकासमा निकै सक्रय देखिन थालेको छ ।
तीनवर्ष अघि स्थापना भएको उक्त आमा समुहले केही समय अघिमात्र भुजिखोला तेस्रो लघुजलविद्युत आयोजनाको लागि १ लाख बराबरको विजुलको फलामे पोल फेरेको छ । काठको पोल प्रयोग गर्दा पटक पटक फेर्नुपरेको अवस्थामा महिला समितले पोलमा लगानी गरेपछि स्थानीयहरु हर्षित बनेका छन् । समाजका लागि भन्दै समुहकै रकम खर्च गरेर ३५ हजार बराबरको सामाजिक भाँडाकँुडा र १९ हजार बराबरको फर्निचरका सामाग्रीहरु किनेको छ । त्यस्तै हिमशिखर युवा क्लवले माघेसंक्रान्तीको अवसरमा आयोजना गर्ने कार्यक्रमलाई समेत आर्थिक सहयोग गरिएको समुहकी अध्यक्ष खगीसरा पुनले जानाकारी दिनुभएको छ ।
उता ग्रामीण विकास मञ्च (आरडिएफ) अधिकारीचौरले समाजबाट लोप हुँदै गइरहेका संस्कृतीहरुलाई बचाउन र सामाजिक विकासका लागि युवाहरुलाई शसक्तिकरण गर्न भन्दै अन्तरक्रिया गर्ने भएको छ ।
एक बर्ष अघिमात्र स्थापना भएको मञ्चले देउँसी भैलो कार्यक्रमबाट संकलन गरेको ७० हजार रुपैया रकमलाई नयाँ बर्षको अवसरमा आयेजना हुन गइरहेको साँस्कृतीक महोत्सवमा खर्च गर्ने निर्णय गरेको छ । साँस्कृतीक महोत्सवमा स्थानीय स्तरका विभिन्न जातजतीका संस्कृतीमुलक प्रस्तुती रहने गरि तयारी गरिरहेको मञ्चका अध्यक्ष सुनिलकुमार घर्तिमगरले जानाकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग