Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैसा खर्चेर चुनाव जित्ने संस्कृति अन्त्य हुनुपर्छ ः चन्द्र भण्डारी

Published on 11:49:00 PM //

प्रेम सुनार
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी २ का संविधानसभा सदस्य चन्द्र भण्डारीले पैसा खर्च गरेर चुनाव जित्ने संस्कृतिले अन्त्य हुनु पर्ने बताएका छन् ।
गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको सभाषदहरुको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । "खल्तीमा पैसा बोक्ने, कहाँ छ दलित गरिव वस्ती भन्दै जाने, उसलाई पाडो दिने कि, भैँसी दिने कि, रक्सी दिने ? चुनावमा यस्तो संस्कृति छ", उनले भने, "उसको घरमा साँझलाई खाने छ छैन, उसको छोराछोरीले पढ्न पाएको छ छैन, त्यसको मतलव नराख्ने यस्तो संस्कृति अन्त्य हुनुपर्छ ।"
धेरै राजनीतिक दलमा असक्षम नेतृत्व भएको भन्दै उनले आफ्नै पार्टीसंग डर लागेको बताए । "मलाई कसैसित डर छैन, आफ्नै पार्टिसित डर छ", उनले भने, "अव मन्त्रीहरुका लागि आपसमा लडाई हुन्छ, यस्तो संस्कारको अन्त्य नभए जनताको अपेक्षा पूरा हुन सक्दैन ।" उनले सबै पार्टिहरुमा राजनीतिक संस्कार नभएकोले जातजाती, भाषाभेष र हिमाल पहाडको आधारमा विभेद भएको भन्दै सबै पार्टिमा पुनरसंरचनाको आवस्यकता रहेको बताए । ‘जनता र नेता विचको विचारको अन्तर छ, माथी एकथोक भन्छ, तल आएपछि जात–जाती भनेको छ, हिमाली भनेको छ, यसले विगारेको छ", उनले थपे, "कल्चर नै ठिक छैन, सबै पार्टिहरुमा रिस्ट्रक्चरिङ्ग गर्नुपर्ने छ । ’
सिमिचौरमा ६ वर्षअघिदेखि शुरु गरीएको रेसुङ्गा विमानस्थल बेवारीसे अवस्थामा रहेको बताउँदै उहाँले काम गर्न नसक्ने अध्यक्षले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो । ‘एउटा मान्छेलाई कतिवटा पद चाहिएको हो ?" भण्डारीले भने, "सबैलाई अध्यक्ष नै चाहिने, काम चाँहि गर्न नसक्ने त्यस्तालाई राजीनामा दिन लगाउनुपर्छ ।" उनले चुनावमा जनतालाई बाँडेको आश्वासन दोहो¥याउँदै सालझण्डी-तम्घास सम्मको ५२ किलोमिटर फाष्टट्र्याक योजना पुरा गर्न नसके अर्को चुनावमा फर्केर भोट भाग्न नआउने प्रतिवद्धता जनाए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग