Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सगरमाथा चढ्न दृष्टिविहिन केसीद्धारा सहयोग अपिल

Published on 11:44:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ, मंसिर १४ । बागलुङ जिल्लाका दृष्टिविहिन अमित केसीले सगरमाथा आरोहणको लागि आवश्यक आर्थिक लगायतका अन्य सहयोगको लागि अपिल गर्नु भएको छ ।
वागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको वैठकमा केसीले आरोहणका लागि १ लाख डलर (करिव एक करोड रुपैयाँ) लाग्ने जानकारी दिनुभएको छ ।
सन् २०१५ को मे महिनामा आरोहण सुरु हुने भए पनि त्यसको तयारी र तालिमको लागि अन्य समय खर्च हुने सो अवसरमा जानकारी गराईएको थियो । हाल सम्म दृष्टिविहिन विश्वभरबाट एक जनाले मात्र सफल आरोहण गरेको र आफु दोश्रो आरोही बन्ने भएकाले आ–आफ्नो ठाउँवाट सवैको सहयोगको अपेक्षा गरेको केसीको भनाई थियो ।
आरोहण गर्नु ४७ दिन अघि हिमाली भू–भागमा बसेर अत्याधुनिक तालिम गर्नु पर्ने केसीले जानाकरी दिनुभयो । वैठकले सर्वपक्षिय बैठक यहि मंसिर २६ गते ११ बजे उद्योग वाणिज्य संघमा राख्ने र त्यहाँवाट योजनाको निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण शर्मा, उद्योग वाणिज्य संघका महासचिव जयराम भारी विभिन्न विषयगत संघका प्रतिनिधिले आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग