Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्ड एवं बाबुराम शनिवार नवलपरासी आउँदै

Published on 8:48:00 PM //

कृष्ण बिसी
नवलपरासी, कार्तिक २० । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र  नेता डा. बाबुराम भटटराई आउँदो शनिबार नवलपरासीका विभिन्न स्थानमा हुने चुनावी सभालाई संबोधन गर्न नवलपरासी आउनुहुने भएको छ । नवलपरासीको गैडाकोटबाट लिएर सुनवल सम्मका पांच वटा निर्वाचन क्षेत्रमा हुने चुनावी सभाहरुलाई संबोधन गर्ने गरि समय तोकिएका विभिन्न कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एवं वरिष्ट नेता डा. बाबुराम भटटराईले सभालाई सम्बोधन गर्ने गरि कार्ययोजना तय गरिएको एकीकृत नेकपा (माओवादी) नवलपरासीका सुचना तथा संचार संयोजक एवं पत्रकार गोपी ज्ञवालीले जानकारी दिनु भयो ।
पहिचान सहितको संघियता, संघियता सहितको संविधान, संविधान सभाबाटै जनताको संविधान बनाउन जनतामा जागरण ल्याउने उद्धेश्यले एकीकृत नेकपा माओवादी बुधवार मेचीको कांकरभित्ताबाट शुरु गरेको मेची महाकाली जागरण अभियान अन्तर्गत नवलपरासीका विभिन्न स्थानमा उक्त सभाहरु हुन लागेको एमाओवादीका जिल्ला ईन्चार्ज एवं पुर्व राज्य मन्त्रि धनश्याम यादवले बताउनु भयो ।सनिवार उक्त स्थानमा सभाहरुसंगै पार्टी प्रवेश, सुनवलमा पार्टी कार्यालय उदघाटन एवं सभा गर्ने, .लगाएतका कार्यक्रमहरु समेत सम्पन्न गर्ने योजना रहेको  एमाओवादी जिल्ला कार्यालय नवलपरासीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग