Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राकृतिक चिकित्सालय बनाउन महायज्ञ सन्चालन गरिने

Published on 8:42:00 PM //

कृष्ण बिसी
नवलपरासी, कार्तिक २० । नवलपरासीको रुपौलीया ९ महलबारीमा प्राकृतिक चिकित्सालय तथा योगाआश्रम निर्माणार्थ श्रीमद भागवत सप्ताह धनधान्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।नवलपरासी जिल्लाको पबित्र तीर्थ स्थल त्रिवेणीधाम देखि करिब ५ कि.मी.पश्चिम तर्फ नारायणी नदीको तटमा रहेको नवदुर्गा पञ्चायन मंन्दिर र बाल्मिकि जनकल्याण युवा क्लव रुपौलियाको संयुक्त आयोजनामा महायज्ञ संचालन हुने मूलसमारोह समितिका संयोजक  मोतिलाल उपाध्यायले बताउनुभयो । महायज्ञ संचालन गर्नकालागि सम्पुर्ण तयारी भएको आयोजकले बताएको छ ।  यज्ञ संचालन  गर्नकालागि  १००१ मूल समिति र २५ बटा उप समिति गठन गरिईएको यज्ञ प्रचार प्रसार समितिका संयोजक रिषि काफ्लेले जानकारी दिनुभयो । यज्ञमा भागवत अलंकार श्री नेत्र प्रसाद पराजुली ज्यूको मुखार विन्दुबाट अमृतमय कथा वाचन गर्नुहुने आयोजकले बताएको छ । सो यज्ञमा ५० लाख रकम संकलन गर्ने लक्ष्य रहेको बाल्मिकि युवा क्लवका अध्यक्ष सागर पंगेनीले जानकारी दिनुभयो । यज्ञ कार्तिक २१ देखि २७ गते सम्म संचालन गरिने स्थानीय पत्रकार पप्पु रेग्मीले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग