Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादीका निर्वाचन प्रतिनिधिको हृदयघातबाट मृत्यु

Published on 11:01:00 PM //

घनश्याम गौतम
गुल्मी, ४ मंसिर । निर्वाचनका लागि ठुलोलुम्पेकको धर्मपूर उच्च माविको ग केन्द्रमा खटिएका एमाओवादीका तर्फबाट निर्वाचन प्रतिनिधिको ह्दयघातका कारण मृत्यु भएको छ ।
 
निर्वाचनका खटिएका ठुलोलुम्पेक ७ का ३४ वर्षिय दानबहादुर थापा निर्वाचन स्थलमै मंगलबार विहान १० बजेतिर बेहोस भएका थिए । हृदयघात भएको आशंकामा स्थानीयले थप उपचारका लागि पाल्पा लैजाने क्रममा उनको बाटोमै ज्यान गएको एमाओवादी राज्य समिति सदस्य युवराज के.सी.ले बताए । थापा एमाओवादी जिल्ला सदस्य र धर्मपुर उच्च माविका शिक्षक हुन् ।
 
एमाओवादी जिल्ला सदस्य जितु तरामुका अनुसार थापाको १ महिना अगाडी मात्र मुटुको भल्बको अप्रेसन गरिएको थियो । अप्रेसन लगत्तै चुनाव प्रचारप्रसारमा खटिएका थापा निर्वाचनको तनावकै कारण ह्दयघातले मृत्यु भएको तरामुले बताए । पार्टी भित्र कुशल संगठक मानिएका थापाको मंगलबार नै रुद्रवेणी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

 
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग