Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा किरियापुत्री र १ सय १ वर्षीयाले भोट हाले, मतपेटीका भोली वेलुकासम्म आईपुग्ने

Published on 6:17:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ४ गुल्मी । संविधान सभा निर्वाचनमा गुल्मी जिल्लामा ७५ प्रतिशत भन्दा वढी मत खसेको छ । निर्वाचन अवधिभर जिल्लामा शान्ति पूर्ण रुपमा मतदाताहरुले मतदान प्रक्रियामा सहभागि वनेका थिए ।
मतदान गर्न टाढाटाढाका मतदाताहरु दुई घण्टाको पैदल यात्रा गरेर पनि मतदान केन्द्रमा उपस्थित भएका थिए । मतदानको क्रममा जिल्लाको हुगाँ गाविस स्थित जनजाग्रिति मतदान केन्द्रवाट सवै भन्दा वढी ८६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ॠषिराम आचार्यले गुल्मीन्युज डट कमलाई वताउनु भएको छ । उहाँका अनुसार गुल्मीमा ८० प्रतिशत मत खस्न सक्ने अनुमान गरिएको छ ।
सवै मतदान केन्द्रहरुवाट पुरा विवरण आईनपुगेको आचार्यले वताउनु भएको छ । जिल्लाका २ सय ३१ मतदान केन्द्रहरुवाट सम्पूर्ण मत पेटीकाहरु भोली वेलुकि सम्म सदरमुकाम आई पुग्ने निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । वामी केन्द्र वाहेक क्षेत्र नम्वर २ अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रहरुवाट मतपेटिकाहरु आज राती अवेरसम्म सदरमुकाम आई पुग्ने भएका छन् । क्षेत्र नं १ र ३ अन्तर्गतका केन्द्रहरु सदरमुकामदेखि टाढा भएका कारण मतपेटीकाहरु आजै सदरमुकाम ल्याउन कठिनाई भएको हो ।
संविधान सभा निर्वाचनमा मतदान गर्नकालागि किरियापुत्रीहरु समेत मतदान केन्द्रमा पुगि मतदानमा सहभागि भएका थिए । तम्घास गाविस अन्तर्गत उपल्लो तम्घास स्थित ख केन्द्रवाट तम्घास गाविस ७ निवासी पुनकला पाण्डेय, घनश्याम पाण्डेय र यादव पाण्डेले किरिया वसेको चार दिनमा मतदानमा सहभागि वनेका हुन् । त्यसै गरि क्षेत्र नम्वर ३ अन्तर्गत वस्तुको हिमालय उच्च मावि क केन्द्रवाट १ सय १ वर्षकि वृद्धा सुमित्रा भण्डारीले पनि संविधान सभा निर्वाचनमा मतदान गर्नु भएको छ ।
दिनभर मतदाताहरु निकै उत्साहपूर्ण रुपमा घण्टौंसम्म लाईनमा वसि मतदानमा सहभागि वनेका थिए । नेकपा-माओवादीले पनि गुल्मीमा मतदाताहरुलाई आफ्नो मत दिन पाउने अधिकारलाई आफुहरुले नरोक्ने वताएको थियो । नेकपा-माओवादीका जिल्ला ईन्चार्ज विरवहादुर कार्किले संचारकर्मी र संचारमाध्यममा फोन गरि आफुहरुले शान्तिपूर्ण रुपमा वहिष्कार गर्ने भन्दै मतदाताहरुलाई आफ्नो मतदान गर्नपाउने अधिकारलाई कुण्ठित नगर्ने वताएका थिए


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग