Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्याग्दीमा मतदाताको उत्साहजनक सहभागिता !

Published on 12:13:00 PM //

सन्तोष गौतम
म्याग्दी, मंसिर ४ । संबिधानसभाको निर्वाचनमा म्याग्दीका मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

म्याग्दीका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समग्र रुपमा जिल्लाभरका मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए ।

मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक सहभागिता रहेको र शान्ति पूर्ण तवरले मतदान भइरहेको अधिकारी पौडेलले जानकारी दिएका छन् । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४१ गाविसमा रहेका ४ वटा अस्थाई सहित एक सय एक मतदान केन्द्रमा बिहानै देखि मतदाता लामवद्ध भएर मतदान गरिरहेका छन् ।

म्याग्दीमा ५६ हजार ५ सय ३७ मतदाता रहेका छन् । म्याग्दीमा १३ दलका र २ स्वतन्त्र गरि १५ जना उमेद्वार चुनावी मैदानमा छन् । विभिन्न ठाउँमा शंकास्पद बस्तु राखेर मतदातालाई त्रसीत बनाउन खोजेपनि हालसम्म कुनै अप्रिय घटना नभएको र सुरक्षा अवस्था सुदृद्ध रहेकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग