Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली नोट सहित एक व्यक्ति पक्राउ

Published on 2:49:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १७ कात्तिक । नक्कली नोट सहित आज गुल्मीको सदरमुकाम तम्घासवाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा मकहर गाविस २ नवलपरासी घर हुने वर्ष २८ का हिरामणी पौडेल रहेका छन् । उनलाई ११ थान पाँच र दुई थान एक हजारका नेपाली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनु भएको छ ।
उनललाई सदरमुकाम तम्घास उदीनढुंगा स्थित कृष्ण घडी रेडियो मोवाईल पसलमा विहान रिचार्ज कार्ड किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखीएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग