Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहारको मौका छोप्दै एमाले धमाधम चुनावी प्रचारमा

Published on 3:01:00 PM //

विष्णु पौडेल
गुल्मी, कात्तिक १७ । संविधानसभा निर्वाचनको आउन १६ दिन वाँकी रहँदा नेकपा एमालेले प्रचारप्रसार तथा घरदैलो अभियानलाई तिव्र पारेको छ । गुल्मीको तिनओटै निर्वाचन क्षेत्रका उमेद्वारहरु प्रचारप्रसारको लागी अहिले घरदैलो अभियानमा लाग्नुभएको छ । क्षेत्र नम्वर १ की उमेद्वार मैना भण्डारी, क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवाली र क्षेत्र नम्वर ३ का उमेद्वार गोकर्ण विष्ट आ–आफ्नो क्षेत्रका मतदातासँग भेटघाटमा व्यस्त हुनुहुन्छ । तिहारको अवसरमा घरवाहिर रहेकाहरु पनि यो समयमा घर आउने भएकाले यो मौकाको सदुपयोग गर्न एमालेले घरदैलो अयिभान तिव्र पारेको हो । अघिल्लो निर्वाचनमा जिल्लाभरवाट एउटा सिट मात्रै जितेको एमालेले अहिले सवै सिटमा जित्ने रणनीतिका साथ अगाडि वढेको छ ।
यसैविच नेकपा एमाले क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवालीले शनिबार हर्दिनेटा गाविसमा मतदातासँग भेटघाट गर्नुको साथै चुनावको प्रचारप्रसार गर्नुभएको छ । हर्दिनेटा गाविसको वडा नम्वर १, ३ र ४ का स्थानीयवासिन्दाहरुसँग ज्ञवालीले भेटवार्ता गरी मतदान गर्न आग्रह गरेको अनेरास्वीयु जिल्ला सचिव राजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।
नरपति काफ्लेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नेकपा एमालेका क्षेत्र नम्वर २ का उमेद्वार प्रदीप ज्ञवालीको प्रमुख आतित्थ्यता तथा जिल्ला कमिटि उपाध्यक्ष मधुकृष्ण पन्तको विशेष आतित्थ्यता रहेको थियो । तेजकान्त अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन थम्मन घिमिरेले गर्नुभएको थियो । साथै सोही अवसरमा जनसांस्कृतिक महासंघका कलाकार शुशील श्रेष्ठ, रोहित सुवेदी, पवन परियार, नन्दु परियार, सुरज राना लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग