Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"आज सम्म पनि महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको ब्यवहार": भण्डारी

Published on 8:02:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक २६ । नेकपा एमाले नेतृ एंव गुल्मी क्षेत्र नंम्बर १ की संविधान सभा उम्मेदवार मैना भण्डारीले आज सम्म पनि महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको ब्यवहार गरिएको भन्दै महिलाको अधिकार संस्थागत र हैसीयत बृद्धीका लागी संबिधान सभामा महिला नेत्रीको उपस्थिती अपरिहार्य भएकोले आफुलाई बिजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले क्षेत्र नं. १ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्तर्गत आज गुल्मीको ठुलो लुम्पेकमा भएको अन्तरक्रिया कार्याक्रममा यस्तो कुरा बताउनु भएको छ । महिलाका हक अधिकार संबिधान सभामा महिलाको उपस्थिती नभएमा सुनिश्चित नहुने हुनाले सबैखाले हक अधिकार सुनिश्चिताको लागी आफुलाई बिजयी गराउनु आग्रह गर्नुभएको छ ।
नेकपा एमाले क्षेत्र नं.१ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्र्तगत आज ठुलोलुम्पेकका बिभिन्न स्थानमा भएको कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ की संबिधान सभा निर्वाचन सदस्य उमेदवार मैना भण्डारी जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य टिकाराम ढकाल, अम्मर सिंजापति, क्षेत्र नं.१ निर्वाचन परिचालन समिती संयोजक जिवन खरेल, जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य कमला शर्मा, सदस्य झवि पाण्डेय, क्षेत्रिय कमिटी अध्यक्ष लोक बहादुर राना , क्षेत्रिय कमिटी उपाध्यक्ष खिमानन्द तिवारी, अनेरास्वबियू केन्द्रिय सदस्य सुरेश ढकाल, ठुलोलुम्पेक गाउकमिटी अध्यक्ष रुक बहादुर राना लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. १ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग