Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशको आर्थिक बिकास र रोजगारीका लागी कृषि क्रान्ती आबश्यक छ: एमाले नेता ज्ञवाली

Published on 5:32:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक २३ । नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवालीले देशको आर्थिक, रोजगारीका लागी कृषि क्रान्ती आबश्यक रहेको बताउनु भएको छ । चुनावी प्रचार प्रसार तथा घर दैलो भेटघाट कार्यक्रममा आज जुभुङ्ग गरिएको कार्यकर्ता भेटघाट घरदैलो कार्यक्रममा नेता ज्ञवालीले राज्य बाट कृषिमा लगानी बढाउनु पर्ने बताउनु भएको छ । कृषि बाटै देशको आर्थिक पक्ष वलियो हुने र धेरै युवाहरुलाई स्वदेमै रोजगर दिन सकिने बताउनु भएको छ । यि सबै उपलब्धी पुरा गर्ने नेकपा एमालेले बहुमत प्राप्त गरेर मात्र सम्भव रहेकाले जनतालाई आफ्नो पार्टिलाई बिजयी गराउनु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले क्षेत्र नं. २ गुल्मीले गरेको चुनावी प्रचार प्रसार तथा जनतासंग गरिएको घरदैलो कार्यक्रम अन्तर्गत आज गुल्मीको जुभुङमा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवाली, नेकपा एमाले अञ्चल कमिटी सदस्य कोशल पोखरेल, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य एबं समानुपातिक उमेदवार जंग नेपाली, युथफोर्स केन्द्रिय सदस्य खेमराज ज्ञवाली, नेकपा एमाले तम्घास गाँउ कमिटी अध्यक्ष दुर्गा पाण्डे, चारपाला गाँउ कमिटी अध्यक्ष शेर बहादुर कार्की, युवा संघ लुम्विनी अञ्चल कमिटी सदस्य मेघराज पन्त, प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल जुभुङ गाउँ कमिटी अध्यक्ष हरिहर गौतम, कलाकार सुसिल श्रेष्ठ, पवन परियार, नन्दु परियार लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको पत्रकार बिनोद न्योपानेले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग