Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्डको स्कर्टिङ गाडी दुर्घटना, एक गम्भीर घाईते

Published on 5:36:00 PM //

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्कर्टिङ्गमा गएको सुरक्षाकर्मीको गाडी नवलपरासीको दाउन्नेमा पल्टीदा एक सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
काठमाण्डौबाट प्रचण्डको स्कर्टिङ्गमा आएको बा १ झ ५५५९ नम्बरको गाडी बर्दघाट तर्फ जादै गर्दा दाउन्ने पहाडको आरोलोमा पल्टिएको बर्दघाट प्रहरीले जनाएको छ ।
गाडी पल्टिँदा टाउकोमा गम्भीर चोट लागेका एक सुरक्षाकर्मीको बर्दघाटमा उपचारका लागि लगिएको छ । गाडीमा रहेका अन्य प्रहरी भने सुरक्षित रहेका छन् ।
सडकमा पोखिएको मोबिलमा गाडी चिप्लीएर पल्टिएको प्रहरीले जनाएको छ । आजै नवलपरासीका बिभिन्न स्थानमा आयोजित चुनावजी सभामा सम्बोधन गर्न प्रचण्ड नवलपरासी गएका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग