Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडी आगजनीको आशंकामा माओवादीका पाँच कार्यकर्ता पक्राउ

Published on 4:19:00 PM //

राम सुवेदी
बागलुङ, कार्तिक १६ । जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र जनस्वयं सेवकका गरी ५ जना कार्यकर्तालाई शनिबार सदरमुकामको शिवधारा चोकबाट पक्राउ गरेको छ ।
गत कार्तिक १३ गते जिल्लाको बिहुँमा बस र अमरभुमीमा पिक–अप भ्यानमा भएको आगजानीमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पदम खत्री, जिल्ला अध्यक्ष रिम रोका, जिल्ला उपाध्यक्ष शिव शाक्य र जनस्वयं सेवक रमेश घर्ति र यमबहादुर घर्ति रहेको प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले बताउनुभएको छ । उनीहरु गाडी आगजनीमा संलग्न भएको हुन सक्ने आशंकामा पक्राउ गरी अनुसन्धान प्रकृया सुरु गरिएको खड्काले बताउनुभएको हो ।
प्रहरीले शनिवार बिहान शिवधाराचोकमा समुहमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आफनो पार्टि निकट बिद्यार्थी संगठन र युवा संगठनका कार्यकर्ता पक्राउ परेपछि नेकपा–माओवादी बागलुङ आक्रोसित बनेको बताएको छ ।
माओवादीले पक्राउ परेका कोही पनि घटनामा संलग्न नभएको भन्दै उनीहरुलाई सुनियोजित रुपमा पक्राउ गरेको जनाएको छ । घटना भएको दिन उनीहरुमध्ये कोही आफ्नो घरमा थिए कोही जिल्ला सदरमुकाममा रहेको बताउँदै नेकपा–माओवादी केन्द्रिय सदस्य टेकबहादुर केसी आजातल ‘निर्दाेषलाई निरङ्कुश शैलीमा पक्राउ गर्नु आपत्तिजनक भएको भन्दै  एमाओवादीको दबावमा प्रशासनले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाउनुभएको छ । प्रशासनले पक्राउ गरेकालाई तत्काल रिहा नगरे दुवै पक्षले ठुलो क्षति व्यहोर्नु पर्ने आजादले चेतावनी दिनुभएको छ ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग