Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान निर्माण र जिल्लाको विकासको लागी प्रतिवद्ध रहेको सभासद शर्माको भनाई

Published on 9:21:00 PM //

कविता घर्ती मगर
बाग्लुङ, ११ मंसिर । मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा म्याग्दीका निर्वाचित हुनुभएका सभासद नवराज शर्माले म्याग्देली जनमतको कदर गर्दै जिल्लाबासीको भावना अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नवनिर्वाचित शर्मालाई स्वागत गर्न वुधवार वेनीमा आयोजीत बधाई तथा शुभकामना आदान प्रदान एबम सामुहीक प्रतिवद्धता कार्यक्रममा सभासद शर्माले संविधान निर्माण र जिल्लाको विकासको लागी प्रतिवद्ध भएर सक्रिय भुमीका निर्वाह गर्ने बताउनुभयो ।
म्याग्दी उद्योग बाणीजय संघ, म्याग्दी प्रवासी नेपाली संघ(मोना) म्याग्दी र म्याग्दी चौतारीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै सभासद शर्माले जिल्लाबासीको कामना र भावनाबाट कहिल्लै विचलीत नहुने भन्दै आफ्नो दायित्ववोध गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लामा सिमित साधन र स्रोतका प्रयोग गरि अधिकतम माग र समस्याहरुलाई सम्बोधन गर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रमा विकास योजनाहरुलाई लविङ्ग गर्नका लागी विकासे अभियानमा नेतृत्वदायि भुमीका निर्वाह गर्ने बताउनुभयो ।
पहिलो प्राथमिकता संविधान निर्माण गर्नु नै हो, सभासद शर्माले भन्नुभयो –‘विगतका उपलब्धीहरुलाई संस्थागत गर्दै नयाँ संविधान निर्माण र जिल्लाको विकासको लागी संधै क्रियाशिल रहीरहने छु । ’ उहाँले मुलुकको आर्थिक सम्वृद्धिको लागी बन्द प्रमुख समस्याको रुपमा देखीएको भन्दै बन्दलाई पार्टीले संधैका लागी अन्य गर्ने गरि घोषणापत्रमै उल्लेख गरेको बताउनुभयो । मुलुकको अर्थतन्त्र, औद्योगीक वातावरण र व्यापार व्यवसायलाई असर गर्ने गरि विरोधका कार्यक्रम गर्न नहुनेमा जोड दिँदै विकासका साझेदारहरुलाई राज्यले सम्मानका साथ सहयोग गर्नुपर्ने धारण राख्नुभयो । जिल्लामा विकासको लागी सम्भावना र चुनौतीहरु दुवै छन्, यस्का लागी सवै राजनितिक दलहरु विचमा सामुहीकताको भावना लिएर अगाडी बढ्नुपर्ने आवस्यकता छ, सभासद शर्माले भन्नुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग