Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाबुको हत्या पछि आरन चलाऊँदै आएका बालकलाई खाद्यान्न र कपडा सहयोग

Published on 9:40:00 PM //

प्रेम सुनार
गुल्मी १२ मंसिर । गुल्मी तम्घासमा २ वर्ष अघि बाबुको हत्या पश्चात विचल्लीमा परेका वालक र उनकी आमालाई मुसिकोटका एक बृद्ध दम्पतीले सहयोग गरेका छन् । तम्घास चारीखोलाको सानो झुपडीमा डेरा गरी बसेको अवस्थामा हत्या गरिएका जनक विश्वकर्माका छोरा विशाल र उनकी आमालाई मुसिकोट गाविस वडा नम्वर ५ देउराली निवासी मिनबहादुर कार्की र उहाँकी पत्नी मोतीकलाले कपडा र राशन सहयोग गर्नु भएको हो ।
‘बाबुको हत्यापछी आरन चलाउँदै १० वर्षिय वालक’ शिर्षकको समाचार गुल्मीन्युज डट कममा पढेपछि ईजरायलमा रहनु भएकी उहाँकी छोरी विद्या कार्कीले वावु आमाको पुण्यका लागि सहयोग गर्न लगाउनु भएको थियो । टेलिफोनमा विद्याले यस समचारदातालाई फोन गरी त्यो समचार पढेर मन छोएको र बाबु आमालाई पुण्य आर्जन होस् भन्नका लागि सहयोग गर्न लगाएको बताउनु भयो । उहाँले करिव ४ हजार बराबरको दाल चामल, चिनी, नुन तेल, विशाललाई स्कुल जाँदा खाने खाजा खर्च र कपडाको अभावमा जाडोले कठङ्ग्रीएका उनलाई एकजोर न्याना कपडा समेत किनेर दिनु भएको थियो । विदेशमा रहे पनि गाउँका दुखी गरिवको विचल्लीको खवर सुन्दा सहयोग गर्ने ईच्छा जागेको बताउँदै उहाँकी छोरी विद्याले आफ्नो गाउँका अन्य पिडितहरुको खवर पनि बनाई दिन आग्राह गर्नु भयो ।
तिन छोरी मात्र सन्तान रहेका मिनबहादुर दम्पतीले अरुका दम्पतीले छोराहरुबाट नपाउने गरेको कमाई छोरी विद्याबाट प्राप्त गर्दै आउनु भएको छ । ‘छोरा भन्नु बेकार रैछ’ मिनबहादुरले भन्नु भयो–‘अरुका छोराहरु भन्दा मेरा छोरीहरुको पौरख देख्दा अरु समेत छोरी नै रहेछन बुढेसकालको साहरा भन्ने भएका छन् ।’ उहाँकी पत्नी मोतीकलाले भन्नु भयो –‘मन्दिरमा गएर ढुङ्गाको मुर्तिलाई पुजेर पुण्य खोज्नु गलत हो , खास पुण्य त यस्ता दिनदुखीको सेवा गरेर मात्रै पाईन्छ । ’ उहाँहरुको सहयोग समात्दै विशाल खुशीले रमाएर हजुर आमा जस्तै गरेर कांखमा बसे । उनले बाबुको पिडो आरान चलाउँदै आएका छन् । ओझेलका खवरबाट रेडियो रेसुङ्गा र गुल्मीन्युज डट कममा उनको विचल्लीको खवर प्रशारण भए पछि जिल्ला शिक्षा कार्यालय र तम्घासका समाज सेवीहरुले स्कुल भर्ना गरी दिएका छन् ।
उपल्लो तम्घास माध्यामिक विद्यालयमा पढ्ने उनलाई सहयोग गर्ने क्रम जारी रहेको छ । स्वर्गिय जनकका ११ सन्तान भए पनि केहि यहि छन् भने अरु कहाँ छन भन्ने अत्तोपत्तो छैन । उनकी आमालाई भोट हलाउनका लागि दलका मान्छेले पुर्खेयौली घर पुर्कोटदह पुराएका कारण उनिसंग भेट हुन सकेन । गजवको कुरा यस अघि कुनै दलले फर्केर नहेरे पनि भोट हाल्नका लागि उनलाई गाडी भाडा हलाएर भोट हाल्न पठाएको बुझीएको छ । घरवास नभएकी उनलाई उनको भोटले घरवास दिलाउने हो कि होईन त्यो भने हेर्न बाँकी छ । १० वर्ष अघि पुर्कोट दहबाट तम्घासमा आएर आरने पेशा गरेर जिविका चलाउदै आएका जनकलाई उनकै छिमेकीले मध्ये रातमा घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यारा यति वेला जेलमा छन् । उनि पनि एक मजदुर थिए ।
कार्की दम्पतीबाट सहयोग रकम समाउँदै विशाल


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग