Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्दै गएको चिसोका कारण निर्वाचनका लागि दुर्गममा खटिएका कर्मचारीहरुलाई समस्या

Published on 4:10:00 PM //

राम सुवेदी 
बागलुङ, मंसिर २ । आसन्न संविधानसभाको निर्वाचन सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले लगाएको जिम्मेवारी लिएर बागलुङको क्षेत्र नं. ३ का लागि खटिएका कर्मचारीहरुलाई बढीरहेको चिसोले समस्यामा पारेको बताएकाछन् ।

सदरमुकाम बागलुङबाट यातायात मार्फत बुर्तबाङमा एक दिन आरम गरेर जिल्लाको बोबाङ, खुँखानी, तमान, निसी, बोंगादोभान , अधिकारीचौर र रणसिंहकिटेनीका लागि खटिएका कर्मचारी, सहयोगी तथा सुरक्षाकर्मीलाई चिसोले समस्यामा पारेको छ ।

यसैबीच तमानको धनगौज्योति माध्यमिक विद्यालयमा सहायक मतदान अधिकृतको रुपमा रहनुभएका सन्तोष शर्माले समुहमा रहँदा समस्या भएको भएपनि सहज रुपमा लिँदै आफ्ना काम सुरुचारु राखेको बताउनुभएको छ । त्यस्तै चिसो अत्यधिक बढेका कारण केही साथीहरु चिसोका कारण सामान्य विरामी परिरहेको बताउनुभएको छ । यसैबीत बोंगादोभानमा रहेको जनजागृति उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा रहनुभएका तोयानाथ आचार्यले पनि चिसोका कारण समस्ूया रहेको बताउनुभएको छ ।

अन्य अवस्था सामान्य भएको कतिपय त विरामी पर्ने अवस्था समेत आएको उनीहरुले बताएकाछन् । उता करिव एक हप्तासम्म बुर्तिबाङको खाली भवन तथा भवनका छतमा समेत रात गुजारेका बताउने म्यादी प्रहरीहरु बुर्तिबाङर्मै रहँदा विरामी परिरहेको बताएका थिए उनीहरुलाई समेत थप समस्या देखिएको बताएकाछन् । मौषम यतिखेर दिनानुदिन चिसिदै गएको छ । कर्मचारी तथा सुरक्षा कर्मीहरुलाई खान बस्न देखि सुत्नका लागि ति स्थानमा समस्या रहेको उनीहरुको गुनासो छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग