Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज दोहा कतारको बैठक सम्पन्न, गंगालाई आर्थिक सहयोग

Published on 12:18:00 AM //

कुमार “अविरल” पन्थी, 
दोहा-कतार, मंसिर २ । “गुल्मी सेवा समाज दोहा कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज दोहा कतारको २० औं पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक सँस्थाका अध्यक्ष श्री भरत सापकोटाको अध्यक्षतामा बसेको थियो । साथै रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको उक्त बैठकमा हिन्दुहरुको दोस्रो महान चाड शुभ दीपावली को आवसर पारेर गुल्मी सेवा सामाज दोहा कतारले हरेक वर्ष आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि सु-सम्पन्न गरि सकिएकोले देउसी भैलो कार्यक्रमको समिक्षा गरिएको छ । साथै सोहि अवसरमा सस्थाले गुल्मी इस्मा दोहोलीका गंगा खड्कालाई एक सय कतारी रियाल आर्थिक सहयोग गरेको छ । खड्का केहि महिना पहिले कतारमा सडक दुर्घटनामा पर्नु भएको थियो । सँस्थाका हरेक बैठकमा नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले आफ्नो सदस्यता नविकरण गराउन सकिने आयोजकले सवैलाई जानकारी गराएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग