Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रद्धाञ्जली सभा सम्पन्न

Published on 3:20:00 PM //

प्रेम सुनार 
गुल्मी, १६ मंसिर । संविधान सभा चुनावमा पार्टी प्रतिनिधी रहेका बेला एक्कासी मतदान केन्द्रमै हृदयघात भई मृत्यु भएका एकिकृत नेकपा माओवादी ठुलोलुम्पेकका कार्यकर्ताको आज १३ औं दिनको पुञ्य तिथीका अवसरमा सो पार्टीको गुल्मी जिल्ला कमिटीले श्रद्धाञ्जली सभा गरेको छ ।
जिल्ला कमिटी सदस्य रहेका ठुलोलुम्पेक ७ का  स्वर्गिय दानबहादुर थापाको सो पार्टीले उनकै घरमा पुगेर श्रद्धाञ्जली सभा गरेको हो । थापाको मंसिर ४ गते संविधान सभा निर्वाचन धर्मपुर उच्च माध्यामिक विद्यालय ठुलोलुम्पेक मतदान केन्द्र ‘ग’ मा एकिकृत माओवादीको प्रतिनिधी रहेको बेला एक्कासी हृदयघात भई मृत्यु भएको थियो ।
श्रद्धाञ्जली सभामा स्वर्गिय थापाले एकिकृत नेकपा माओवादी पार्टीमा रही समाज सेवाको क्षेत्रमा खेलेको भुमिकाका विषयमा सो पार्टीका १ नम्वर क्षेत्रिय संयोजक युवराज केसीले प्रकाश पार्न भएको थियो । स्वर्गिय थापाले जनयुद्ध कालदेखि माओवादी पार्टी निर्माणमा दिएको योगदानलाई पार्टीले सदैव स्मरण गर्ने र उहाँका परिवारजनलाई पार्टीले अभिभावकिय भुमिका खेल्ने संयोजक केसीले बताउनु भएको थियो ।  
कार्यक्रममा नेपाली कांग्रेस ठुलोलुम्पेकका पार्टी सचिव मनबहादुर राहडी, एमालेका अध्यक्ष अमर सिंजाली, राष्ट्रिय जनमोर्चाका नेत्र राना, नेकपा एकिकृतकी तेजकुमारी थापा, नेकपा–माओवादीका ओमबहादुर सिंजाली लगायतका बक्ताहरुले पनि स्वर्गिय थापाले एमाओवादी पार्टीलाई मात्र नभई लुप्पेकी समाज सेवाको क्षेत्रमा खेलेको भुमिका अनुकरणीय रहेको बताउनु भएको थियो ।
एकिकृत नेकपा माओवादी ठुलोलुम्पेकका अध्यक्ष जितु तरामु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गिय थापाकी पत्नी एमकुमारी थापाले पती वियोगको पिड पो्ख्नु भएको थियो भने सञ्चालन पार्टी सचिव गुणदेव सिँजालीले गर्नु भएको थियो

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग