Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान लेख्न भण्डारीलाई गुल्मीका कर्मचारीहरुद्वारा कलम र डायरी उपहार

Published on 11:59:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १५ मंसिर । नेपाल निजामति कर्मचारी युनियनले गुल्मी क्षेत्र नम्वर २ वाट नवनिर्वाचित संविधान सभा सदस्य चन्द्र भण्डारीलाई डायरी र कलम उपहार प्रदान गरेका छन् । संविधान लेखन कार्यमा संविधान सभामा भण्डारीलाई जनमतको कदर गर्दै कुनैपनि मूल्यमा संविधान लेख्न आग्रह गर्दै उनीहरुले उक्त डायरी र कलम उपहार दिएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले दिएको उपहार ग्रहण गर्दै केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य भण्डारीले आफु र आफ्नो पार्टिले जुनसुकै मूल्यमा पनि संविधान निर्माणमा दिलोज्यानले लाग्ने र जनमतलाई सधै उच्च प्राथमिकतामा राखेर अगाडि वढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । निजामति कर्मचारीहले भण्डारीलाई पद र पैसाको पछाडि नलागि संविधान निर्माणलाई पहिलो प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदश्य समेत रहेका भण्डारीले कर्मचारीहरुलाई कुनै पनि दल र सरकारले राजनीतिक आँखाले हेर्न नहुने वताउनु भएको छ । नेपाल निजामति कर्मचारी युनियनले आज तम्घासमा आयोजना गरेको वधाई तथा मित्र मिलन कार्यक्रम वोल्दै भण्डारीले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले कर्मचारी समाजको एउटा ऐना भएको र उसले समाज रुपान्तरणकालागि महत्वपूर्ण योगदान गर्न सक्ने भएका कारण कर्मचारीहरुले सधै सकारात्म सोंच राखेर जनताको मन जितेर काम गर्न समेत आग्रह गर्नु भएको छ ।
“राजनीति आग्रह तथा पुर्वाग्रहका कारण कतिपय राम्रो र योग्य कर्मचारीहरुले न्याय पाएका छैनन्, उनीहरुलाई डम्पिङ्ग साईड जस्तो वनाउने गरिएको छ, राजनैतिक आस्थाका आधारमा यसो गरिनु हुँदैन र यसको अत्य हुनुपर्छ,” भण्डारीले भन्नु भयो । समाजमा विकासको गति परम्परागत शैलीमा अघि वढेको भन्दै त्यसमा परिवर्तन ल्याउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने भण्डारीको सुझाव थियो ।
सत्ताको लुछाचुँडि राजनीति फेशन जस्तो भएको भन्दै नेता भण्डारीले यसलाई सवै मिलेर परिवर्तन गर्नु अपरिहार्य भएको वताउनु भयो । भण्डारीले काँग्रेसलाई एउटा पाठशालाको संज्ञा दिँदै भने,“यो पाठशालाले जनतालाई संविधान पनि दिन्छ र विकास पनि,” । नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष खिमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष विष्णु वहादुर रायमाझी, केन्द्रिय सदश्य जयश्वर प्रसाद पन्थी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग