Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालीगण्डकी करिडोर : जैदी-छिस्ती हुँदै गुल्मी जोड्ने खण्डको उद्घाटन

Published on 3:42:00 AM //

बागलुङ, पुष ११ । नेपाली काँग्रेस बागलुङका सभापति एवं सभासद प्रकाश शर्मा पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको जैदी छिस्ती हुँदै गुल्मी जोड्ने खण्डको आज उद्घाटन गरेका छन् ।

अहिलेसम्म सडक सन्जालले नजोडिएको छिस्ती गाविस यसैवर्ष सडक जोड्ने गरी करिडोरको जैदी कुईदाङदेखी छिस्तीको तातोखोलासम्म ट्रयाक खोल्ने काम शुरु गरिएको हो ।

उत्तरी चीनदेखी दक्षिण भारतसम्म जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक खोल्न तथा स्तरोन्नती गर्नका लागि यस आर्थिक वर्षमा करिब ८ करोड रुपैयाँ विनियोजन भएको छ । प्याकेज नम्बर ४ अन्तर्गत सो खण्ड यसै वर्ष पुरा गनुपर्ने कालीगण्डकी करिडोरका प्रमुख सुजन अधिकारीले बताए । करिडोरको ट्रयाक खोल्ने संगसंगै स्तरोन्नती गरिने आयोजना प्रमुख अधिकारीको भनाई छ । -धौलाश्री डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग