Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: बडिघाट खोलामा मृत फेला परेकी कल्पना खरालको बारेमा थप रहस्य, उनकै आफन्तबाट

Published on: // , ,
यो पनि सुन्नुहोस्:
बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)
ओझेलका खवरको यो हप्ताको विषय वस्तुः
बढिघाट खोलामा मृत भेटिएकी कल्पना खरालको थप रहस्य, एक पुरुषले उनलाई कैची प्रयोग गरेको, फोहर कुरा बोलेको, भ¥याङ्गमा दुब्यबहार गरेको लगायतको गम्भीर कुराहरु देखेको बताउँछन् कल्पनाका ५ वर्षिय छोरा
नियमित स्तम्भ जिवनको गोरेटोमा भागी विवाह गरेको सात दिनमा आफु भन्दा सानो जात र गरिव भन्दै माईतीजनले छुटाएको गुल्मी सिर्सेनिकाका एक युवाको विछोडको पिडा

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु


यसरी फेला पर्यो दुर्घटनाग्रस्त जहाज (अडियो कुराकानी)

आइतवार दिउँसो १ बजेदेखि बेपत्ता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविसको मसिनेको जंगलमा फेला परेको छ ।
स्थानीय युवा कमल सारु स्थानीय अन्य युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला परेको जनाएका छन्। दुर्घटनास्थलमा १८ जनाकै शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। हिमपातले शवहरु पुरिएका थिए। अहिले जहाज दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि अवतरण गर्ने प्रयास गरेपनि अत्यन्त भीर र खराब मौसमका कारण अवतरण गर्न नसकेको उनले बताए। घटनास्थलमा रहेका सारुले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा घटनाको बारेमा जानकारी दिएको र उद्धार टोली घटनास्थलतर्फ आउदै गरेको जानकारी दिए। दुर्घटनास्थलमा नेपाल टेलिकम र एनसेलका ठूला टावरहरु समेत रहेका छन्।
सुनौ गुल्मीन्युज सहकर्मी प्रेम सुनारले अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रशाद श्रेष्ठसँग गर्नुभएको टेलिफोन कुराकानी:

  मोबाइलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

भ्यालेण्टाईन डे

संगीता रौनियार
प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन । यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको छ। यो दिन आउनुअघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन्। महिना पहिलेदेखि यसको तयारीमा जुटेका हुन्छन्। ठूलाबडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवामनका निम्ति यो आत्मीय चाड हो।
१४ फरवरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वका रूपमा मनाइन्छ। क्याथोलिक र रोमनहरूको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडका रूपमा प्रख्यात भैसकेको छ। यो चाडको प्रारम्भ कसरी भयो ? भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ। हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून् भन्ने उर्दी जारी गरेका थिए। राजाको सोच थियो- सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन्। भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए। १४ फरवरीका दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस 'सेन्ट भ्यालेन्टाइन डे' का रूपमा विख्यात भयो।
पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गर्यो र प्रचलित भयो। यो दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा प्रख्यात छ। आजका युवाहरूले जुन भावले पश्चिमी सभ्यता र फेसनलाई स्वीकार गरेका छन् त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार्य भएका छन्।
आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ। प्रदर्शन गर्ने होड नै चलेको छ। 'गर्लफ्रेन्ड' र 'ब्वाइ फ्रेन्ड' बनाउने त फेसन नै चलेको छ।
आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि सोच्छन् र बढी काम गर्छन्। क्याम्पसकी एक छात्राको राय छ-'भ्यालेन्टाइन डे मनाउनुमा के नराम्रो छ र ? जिन्दगीको गोरेटोमा हामीलाई अंकुश होइन, खुसी, माया र स्वतन्त्रता चाहिएको छ। सँगसँगै पढ्दा, घुम्दा र काम गर्दा प्रेमको अंकुरण हुन्छ जुन स्वाभाविक र सहज हो। यसमा आश्चर्य मान्ने कुरै छैन। 'समयको विकाससँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ। पहिले-पहिले आफ्नो भाव व्यक्त गर्ने दिन यही हुन्थ्यो। १९ औं शताब्दीमा प्रेमपत्रद्वारा प्रेमी-प्रेमिकाहरू आ-आफ्ना भाव व्यक्त गर्थे, पछि १९६० को बेला रातो गुलाफ र फूलका गुच्छाको चलन आयो। १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार-प्रसार गर्न थाले।
धेरैजसोले कार्ड, खेलौना मुटु आकारका खेलौना, चकलेट, पर्फ्युम, मग तथा फूल उपहार दिन मन पराउँछन्। यो दिन गुलाफको फूल नै किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतीक हो। संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाषा बोल्छ। धेरै जनाको विचार छ-'यो केवल युवाहरूको चाड हो तर यो माया-प्रेम गर्ने सबैको चाड हो, यो दिन प्रत्येक युगल जोडीले प्रेम गर्न सक्छन्, तिनीहरू श्रीमान् र श्रीमती हुन सक्छन्। यो दिन सबै श्रीमान्-श्रीमतीले आ-आफ्नो जोडीलाई प्रेमको चिनो दिन कन्जुस्याइँ गर्नु हुँदैन। भ्यालेन्टाइन डेलाई लोकप्रिय बनाउन आर्चिज कम्पनीको ठूलो हात छ। आर्चिजले आफ्नो उत्पादनमा कार्ड्स्, मुटु आकारको मग, टोय, स्टेसनरी, प्रेमसन्देश, ज्वेलरी, पर्फ्युम, गृहसज्जाका सामान प्रमोट गर्छ। यसै दिन कतिपय होटलमा गीत, नृत्य र संगीतको विशेष कार्यक्रम पनि हुने गरेको छ।
यो दिन अरूलाई फाइदा होस्-नहोस् तर फूलका व्यापारीलाई धेरै फाइदा हुन्छ। यो दिन एउटा गुलाफको कोपिलाको मूल्य १ सय रुपैयाँसम्म पुग्छ। सक्कली मात्र नभै नक्कली गुलाफको बिक्री पनि उत्तिकै हुन्छ।
चाडको मौलिकतालाई ध्यानमा राख्दै यसलाई मनाउनुपर्छ। भद्दा प्रदर्शन र अश्लीलताबाट बच्नुपर्छ। माया प्रदर्शन गरेर होइन, साथीको मन शालीन व्यवहारबाट जित्नुपर्छ। विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ। अरूको लहलहैमा लागेर आफ्नो बजेट बिगार्नु मुख्र्याइँ हुन सक्छ। तसर्थ प्रेम दिवस मनाउनुहोस् तर सीमाभित्र रहेर, किनभने माया प्रदर्शन गर्न एउटा छड्के नजर नै पर्याप्त हुन्छ। —
प्रणय दिबसको अवसरमा आत्मीय मनमा प्रेमै प्रेम रसले अविषेक गर्दै प्रेम पुष्प अर्पण गर्छु !! हेप्पी भेलेन्टाइन डे !
(कान्तिपुर साप्ताहिकबाट)

बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)

Published on: // , ,
यो पनि सुन्नुहोस्: ओझेलका खबर: बडिघाट खोलामा मृत फेला परेकी कल्पना खरालको बारेमा थप रहस्य, उनकै आफन्तबाट 

गत माघ २७ गते बढिगाड खोलामा मृत फेला परेकी आँपचौर ईन्द्रेगौँडाकी कल्पना खरालको मृत्‍यु यतिबेला गहन अनुसन्धानको बिषय बनेको छ । सुरुमा खरालले आत्महत्या गरेको भनियता पनि उनको मृत्‍युको कारण यतिबेला झन झन रहस्यमय बन्दै गएको छ । 
के कुराले सङ्का उब्जायो? घटनास्थलमा के देखियो- के देखिएन? के भन्छन् उनको मृत्‍युको सम्बन्धमा उनका परिवारहरु? के ठान्छन उनका छिमेकिहरु र उनलाई नजिकबाट जान्नेहरु? के गर्दैछ गुल्मी प्रहरी ? के भन्छन अनुसन्धान अधिकृतहरु ? सुनौँ गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले जिबनको गोरेटोका लागि तयार पारेको बिशेष रिपोर्ट:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

ओझेलका खबरका पुराना अंकहरु


गरिवी, घरेलु हिंसा र परिक्षामा फेल भएपछि आत्महत्या

Published on: // , ,
प्रेम सुनार
गुल्मी, २५ माघ । गरिवीका कारण र परिक्षामा फेल भएपछि गुल्मी जिल्लामा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन् भने २ जनाले आत्महत्या प्रयास गरेका छन्् । छापहिले गाविस वडा नम्वर ९ वस्ने वर्ष ६४ का वाले बि.कले गरिवी कारण र तम्घास ५ की १५ वर्षिया पुष्पा टण्डनले परिक्षामा फेल भएका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै अर्खले ७ की ३० वर्षिया कमला परियार र तम्घास मिलनचोकका अस्थाई वासीन्दा कपुर मेहताले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । उनिहरु दुवैको पाल्पा रिफर गरी उपचार भई रहेको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । यि दुई जनाको भने कारण खुल्न सकेको छैन ।
त्यस्तै तिन अघि मात्र नेटा ५ की २५ वर्षिया कमला सुनारले पटक पटक श्रीमान लक्ष्मण सुनारले कुटपिट गर्दै आएपछि आत्महत्याको प्रयास गरेकी थिईन् । उनले स्थानिय जंगलको रुखमा झुण्डएर आत्मा हत्या गर्न लागेको देखेपछि स्थानिय महिला रनमाया पुनले उद्धार गरेकी थिईन् । उनका श्रीमानले मदिरा सेवन गरी सधै जसो जसो कुटपिट गर्ने गरेकोले बाँच्नु भन्दा मर्नु निको भन्दै आत्महत्या गर्न लागेको कमलाले बताईन् । आठ वर्ष अघि विवाह भएको उनका दुई छोराछोरी छन् । अहिले माईतीमा गएर बसेको र उनि असुरक्षित रहेको नेटाकी महिला विकास समितिकी अध्यक्ष समेत रहेकी पुनले जानकारी दिईन् ।
परिक्षामा फेल भएकी तम्घासकी पुष्पा टण्डनले रिर्डश पब्लिक हाई स्कुल तम्घासमा कक्षा ९ मा पढ्दै थिईन् । विद्यालयको आन्तिरक परिक्षामा फेल भएको प्रिन्सीपल श्रीप्रसाद भलामीले बताए । जिल्लामा गत श्रावण महिना देखि हाल सम्म ३६ जनाले आत्महत्या गरेको प्रहरी कार्यालय मुद्धा शाखाका प्रहरी सहायक निरक्षक सत्यनारायण यादवले बताए । गोर्खा र गुल्मी आत्महत्या गर्नेहरुमा अगाडी रहेको प्रहरी निरक्षक श्रीवास्तवले बताए ।

आत्महत्या की हत्या ?

यसै विच गत कार्तिक २२ गते गुल्मीको दौंघामा झुण्डिएर मृत्यु भयो भनिएकी एक महिलाका माईतीजनले उनका परिवारले हत्या गरेको आरोप लगाएका छन् । दौघा ९ घर भई अर्घाखाँचीको पंडेना १ माईती भएकी २४ वर्षिया मिना ज्ञवाली घर स्थित स्थानिय जंगलमा कार्तिक २२ गते झुण्डीएको अवस्थामा मृत फेला परेकी थिईन् । त्यसको केहि महिना अघि उनका श्रीमान मदन ज्ञवालीले गर्भपतन गर्न दवाव दिएको र दुई वर्ष अघि विवाह भएकी उनलाई दाईजो कम दिएका कारण डेढ महिना पछि हेला गर्दै आएको उनकी आमा जयन्त पौड्यालले बताईन् ।
तिहारमा आएकी छोरी घर अव जान्न मेरो ज्यान लिन सक्छन् भनेकी थिई छोरीले उनले भनिन् ज्वाई भन्नेले सिकीस्त विरामी छु मुख भेट्न आईज भनेपछि हामीले कर गरेर पठायौ, आखिर उनि विरामी रहेन्छन गएको दुई दिनमैं मारियो । उनले छोरीले आत्महत्या गरेको पटक्कै स्वीकार गर्न सक्दिनन् । मेरी छोरीको सन्तान जन्माउने ठुलो रहर थियो तर उसको श्रीमानले जवर जस्ती फाल्न लगाए पछि छोरी रुँदै हिँड्दै गरेकी थिइन् जयन्तले भनिन् ।
मिनाका दाजु काशीराम पौड्यलले पनि श्रीमान र उनका परिवार मिलेर मारेको र प्रहरी प्रशासनलाई पैसा खुवाएर झुण्डीएको बनाईएको आरोप लगाए । उनका अनुसार ज्वाई मदनका एक जना सभाषदले यस घटनालाई गापचुप पार्न ठुलो भुमिका खेलेका छन् । जाहेरी दिए पनि प्रहरीले मदनकै पक्ष लिई आफुहरुको बेवास्त गरेको मिनाकी वहिनीको गुनासो रहेको छ । यस्तै माईतीजनलाई मिनाका शव प्रहरीले खाली कागजमा जवर जस्ती साईन गराएर बुझ्न लगाएको पाल्पा भुवनपोखरी ५ का उनका मामा दिनानाथ पौड्यालले बताए । यता जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले भने आफुहरु पैसा वा कसैको शोर्स फोर्शमा नलागी स्वतन्त्र पुर्वक अनुसन्धन गरेको दावि गर्दै झुण्डएर उनको मृत्यु भएको बताउछन् । उनले भने–‘ तै पनि हामी थप अनुसन्धान गर्दैछौं । ’

‘नेत्रहिनका ज्योति’ सापकोटा सम्मानित

प्रेम सुनार
गुल्मी, २५ माग । गुल्मी जिल्लाका नेत्र हिनहरुका ज्योतिहरु मध्येका एक मानिने गुल्मीको वामी गाविस वडा नम्वर ६ का अगुवा समाज सेवी कृष्णहरी सापकोटा आज सम्मानित भएका छन् । प्राथामिक आँखा उपचार केन्द्र वामीका लागि ५० हजार मुल्य बराबरको जग्गा दान दिने सापकोटालाई नेपाल नेत्रहिन संघ गुल्मीको नेपालको १८ औं जिल्ला सभाले उनलाई सम्मान गरेको हो ।
सापकोटालाई संघका जिल्ला अध्यक्ष भरतबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले दोसाल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रमका बक्ताहरुले सापकोटा गुल्मेली नेत्रहिनहरुका आँखाको ज्योति बेनको प्रतिकृया दिएका थिए । सम्मान कार्यक्रममा सापकोटाले नेत्र ज्याति संघको भब्य भवन देखाउँदै भने–‘यत्रै भवन बनाई दिएर हुन्छ भने म एक्लैले बनाई दिन्छु ।’ उनलो यो भन्ना साथ तालिले सभा गुञ्जायमान बन्यो । पहिले नै संघलाई ५० लाख रुपैँया बराबरको जग्गा दान गरिसकेका सापकोटाले फेरी ३० लाख रुपैयाँ लागतमा भवन पनि बनाई दिने उद्घोष समेत गरेका छन् । सापकोटाले नेत्रहिनको क्षेत्रमा देशभरमैं उत्कृष्ट कार्य गरे वापत गत वर्ष नेत्रहिन संघको केन्द्रले नै उनलाई एसस्कर नामक उपाधीले सम्मानित गरेको छ ।
त्यस्तै आजै गुल्मी शाखाका प्रबन्धक सुर्यबहादुर बस्नेतलाई उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको छ । गत २३ वर्ष देखि कार्यरत बस्नेतलाई दोसाल्ला , प्रमण पत्र र रु १० हजारले सम्मान गरेका थिए । सो रकम भने उनले नेत्रहिनहरु कै सेवाका लागि भन्दै संघलाई फिर्ता गदै उनी सम्मानित भएको खुशीमा गला अवरुद्ध पार्दै आभार प्रकट गरे । त्यस्तै सापकोटाले पनि संघप्रति आभार प्रकट गरे । प्रस्तुत छ उनै समाज सेवी सापकोटासंग ओझेलका खवर युनिटका लागि सहकर्मी प्रेम सुनारले गरेको रेडियो कुराकानी ।


सुनौँ उनै सापकोटासँग गरिएको रेडियो कुराकानी:


पाल्पा बस दुर्घटना : लाशको खल्तीबाट मोबाइलको घण्टी बज्दा...

जगदीश भट्टराई/अन्नपूर्ण पोस्ट
पाल्पा : बिहीबार बिहान पौने ६ बजेको झिसमिसे अँध्यारो बीच भालुखोलाको डरलाग्दो पहरो छिचोल्दै दुर्घटना स्थल पुग्दा 'रुन्छ नि मन किन रुँदैन' बोलको रिङ्गटोन भएको मोबाइलको घण्टी बज्यो। उद्धारका लागि पुगेको समूह अचम्ममा पर्‍यो। यत्तिकैमा एक प्रहरी जवानले भने, 'यी यहाँ पनि एउटा लाश रहेछ।'

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख.४९२४ रात्रिबस पाल्पाको चिदीपानी २ गाविसको भालु खोला र धैरैनीको बीचमा राति २ बजेर २० मिनेट जाँदा दुर्घटना भएको थियो। प्रहरी उद्धार टोली घटनास्थलमा थियो।

खोलाको छेउबाट ठूलै स्वरमा घण्टी बजेपछि सबै चनाखो भए। पहरोमा डोरी तानिएको थियो, प्रहरी जवान त्यही डोरीको सहाराले माथि उक्लिए। लाश विभत्स थियो, क्षतविक्षत थियो। कालो पाइन्टको खल्तीमा रहेको मोबाइल बजेको बज्यै थियो।

हाकिमको आदेश लिएर प्रहरी जवानले लाशको खल्तीबाट बज्दै गरेको मोबाइल निकालेर 'हेलो' के भनेका थिए उताबाट 'रामु भाइ हो' भन्ने आवाज आयो। के भन्ने अन्यौल भएर उनले चट्ट फोन काटे र मोबाइल तल उभिएका पाल्पाका प्रहरी निरीक्षक कृष्ण सापकोटालाई थमाए।
उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना उद्धार गर्दै नेपाल प्रहरी र नेपाली सेना 

सापकोटाको हातमा फोन पर्ना साथ फेरि ठूलो स्वरमा घण्टी बज्न थाल्यो, लोकगायक पुरुषोत्तम न्यौपानेको स्वरमा रिङटोन बज्दै थियो, रुन्छ नि मन किन रुँदैन।

सुरुमा उनले पनि फोन उठाउन चाहेनन्। तर एकोहोरो रिङ बजेको बज्यै गरेपछि फोन के उठाएका थिए, उताबाट आवाज आयो, 'म रामको बहिनी बोलेको, त्यहाँ गाडी खस्यो भन्ने सुनेँ। ऊ कस्तो छ?' उनले फोन काटे।

कुनै पनि लाश सग्ला थिएनन्। प्राय थिचिएका, अनुहार चिन्नै गाह्रो पर्ने खालका। अनि सबै पुरुषहरुका मात्रै। उत्तानो परेको अवस्थाको अर्को लाश बोक्न लाग्दा फेरि घण्टी बज्यो। सापकोटा बाध्य भए बोल्न, 'तपाई जिल्ला प्रहरी कार्यालय पाल्पा आउनु होस्, सबै कुरा त्यहाँबाट थाहा हुन्छ।'

घटनास्थलमा रहेका हामी सबै भावविह्वल भयौँ। अनि लाशसँगै उकालो लाग्यौं।

पोखरादेखि स्याङ्जा गल्यांग हुदै बुटवलको सुनौलीका लागि हिँडेको बस राति ८ बजे पोखराबाट छुट्दा आठ जना मात्रै यात्रु लिएर हिँडेको थियो। मध्यरात साढे एक बजे गल्याङ आएर भात खाएका चालकलाई भालुखोलाको उकालोमा निद्रा लागेको कारण बस सडकदेखि तल खसेको हुनुपर्ने प्रारम्भिक अनुमान छ प्रहरीको।

दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सबै पुरूष छन्।


उपचारार्थ भर्ना घाइतेहरु
१. स्याङ्जा जिल्ला चिन्नेबास–७, घर भई हाल पोखरा रामबजारमा बस्ने वर्ष २७ का तुलबहादुर राना,
२. बर्दिया मंगलागढी–९ की ३९ वर्षीया कमला ठकुरी –अवस्था गम्भीर
३. रुकुम मरावाङ्ग–८ बस्ने वर्ष ४३ का नरबहादुर बुढाथोकी
४. वाग्लुङ्ग भकुण्डे–६ बस्ने वर्ष २४ का सूर्यबहादुर खत्री

लुम्बीनी मेडिकल कलेज प्रभास
१. स्याङ्जा पुतली बजार नगरपालिका–२ बस्ने १९ वर्षका
दिपक कुँवर,
२. बर्दिया मंगलागढी–९ बस्ने २७ वर्षकी चन्दा ओली, हाल पोखरा बस्ने
३. रुपन्देही बुनपा–६ बस्ने २४ वर्षका प्रदीप केशरी - अवस्था गम्भीर ।

दुर्घटनामा मृत्युहुनेहरु
१. पाल्पा, मुझुङ्–८ का ३३ वर्षीय रोमन सिं सारु - चालक
२. बाग्लुङ्ग भिमगिठेका २८ वर्षीय मोहन के.सी - गाडीधनी
३. गुल्मी मिहाल पोखरीका २६ वर्षीय गिरीराज भट्टराई
४. गुल्मी सिमिचौरका दिनबहादुर बस्नेत
५. रुकुम मरवाङ् ९ बस्ने वर्ष ३८ का राजबहादुर गुरुङ
६. पर्वत ठूलीपोखरीका बाबुराम आचार्य
७. मोरङ विराटनगरका २१ वर्षीय गोपाल ढकाल
८. बर्दिया मौरागढी –९ बस्ने २१ वर्षीया विराट सिं ठकुरी
९. कास्की भरतपोखरीका २५ वर्षीय बुर्तिबहादुर विक
१०.पर्वत खौलालाकुरी ३ बस्ने वर्ष २२ का राजकुमार सुनार
११.अर्घाखाँची नरपानी ८ बस्ने अन्दाजी ६०–६३ का पदमबहादुर झाक्री
१२.बर्दिया मंग्रागढीका वर्ष २७ का रामु ओली,
१३. दाङ कान्तिपुर कौडिया बस्ने वर्ष ३१ का टेकराज पौडेल
    एक जनाको सनाखत हुन बाँकी ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

आफ्नै गतिलो वास नभएकी एक बृद्धाले चन्दा दिएपछि विद्यालय चकित

प्रेम सुनार
गुल्मी, २३ माघ । माघ १९, २० र २१ गते तिन दिन सम्म स्वर्ण महोत्सव मनाएको घोर्ले माध्यामिक विद्यालय दुविचौर गुल्मी, आज एक्कासी गाउँकी अति विपन्न र असाहय बृद्धा आएर चन्दा दिएपछि चकित परेका छ ।
दुविचौर १ उर्लेनी पियानीडाँडाकी विपन्न र असहाय ८७ वर्षिया बृद्धा सुन्तली बिश्वकर्माले आज विद्यालयमै आएर ५२ सय रुपैयाँ चन्दा दिएपछि विद्यालय परिवार चकित परेको हो । बृद्धा सुन्तलीको भत्कीएको सानो झुपडी छ, विहान खाए बेलुका के खाउँ छ । जसको श्रीमानको मृत्यु भएको एक दशक भयो । ‘उहाँका छोरा छोरी पनि छैनन् ’–त्यस विद्यालयका प्रधानध्यापक विष्णुराज गिरीले भन्नु भयो–‘यस्ती विपन्न र असहाय बृद्धाले विद्यालयमै आएर ५२ सय रुपैयाँ पटुकीबाट निकालेर चन्दा दिँदा बाउन्न करोड दिए जस्तो लागेको छ ।’
प्रधानध्यापक गिरीले त्यस्ती दयाकी पात्रले चन्दा दिदा आफ्नो आँखा रसाएको बताउनु भयो । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर बस्नेतले विद्यालयलाई चन्दा पैसावालाले मात्रै दिन्छन भन्ने मानसिकता उहाँले् तोड्नु भएको बताउनु भएको वताउनु भयो । ‘एक महिना सम्म प्रत्येकका घरमा चन्दा माग्न जाँदा पैसावालाहरुको नमिठो बचन पनि सहनु प¥यो ’–वस्नेतले भन्नु भयो –‘यस्ती विपन्न बद्धाले विद्यालय मै आएर चन्दा दिदा त्यस्ता पुँजीपतिहरुलाई चुनौती थपिएको महशुस गरेका छौं ।’ बृद्धा सुन्तलीले आफुले कतै टाढा तिर्थ गर्न नगएको र कुनै ठुलो यज्ञ–जग्गे लगाउन नसकेकोले पुण्य कमाउन स्कुललाई सहयोग गरेको बताउनु भयो । उहाँले दान भन्ने कुरा धन भएकाले होईन मन भएकाले गर्छन भन्ने कुरा बुझ्न आग्राह गर्दै आफ्नो सन्तान नभए पनि अरुका सन्तानले पढ्न पाए आफुलाई ठुलो सन्तोष प्रप्त हुने धारणा राख्नु भयो ।
घोर्ले माध्यामिक विद्यालयले उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा यसै समाचारदातालाई आतिथीका रुपमा आमन्त्रण गरिएको थियो भने विद्यालय ब्यबस्थापन समिती अध्यक्ष हुमबहादुर वस्नेतको अध्यक्षता, शिक्षक खुमबहादुर खत्रीको स्वागत मन्तब्य र प्रधानध्यापक विष्णुराज गिरीको सञ्चालन रहेको थियो ।

उनै चन्दादाता सुन्तली बिश्वकर्मालाई विशिष्ट सदस्यको प्रमाण पत्र सहित दोसाल्ला ओढाएर सम्मान गर्दै अध्यक्ष हुमबहादुर बस्नेत र प्रधानध्यापक विष्णुराज गिरी

झुण्डिएर मर्न लागेकी महिलालाई यसरी बचाइयो, मर्न लागेकी उनै महिलासँग गरेको कुराकानी (अडियो)

Published on: // ,
गुल्मी, २२ माघ । रातदिन श्रीमानको कुटपिट र यातना सहन नसकेर दुई सन्तानकी आमा गुल्मी नेटा गाविस ५ की २५ वर्षिया कमला सुनार बुधवार स्थानिय जंगलको रुखमा झुण्डीन थालेकी थिईन् । त्यो कुरा थाहा पाएपछि ओझेलका खवर युनिट नेटाकी सहकर्मी रनमाया पुनले खवर गर्नुभयो ।
अनि तत्काल स्थानिय समाजसेवी महिला रनमाया पुन त्यहाँ पुगेर उनलाई बचाउनु भयो । यो गुल्मी जिल्लामा बढ्दो आत्मा हत्याका घटनाहरुको कारक विषय मध्ये एक हो । यसर्थ यो स्थलगत रिर्पोट उहाँहरुले सुन्नुहोस् जसले गुल्मीमा बढ्दो आत्माहत्याका बारेमा कुनै डलरवादी दातृ निकायसंग कुराकानी गर्दै हुनुहुन्छ वा प्रस्ताव नै पेश गर्नु भएको छ ।
किन कि तपाई त्यसरी नै कमाउँदै हुनुहुन्छ  अनि यसरी आत्माहत्या गर्न बाध्य पार्नेहरुलाई कार्बाही गर्ने कुनै कानुन नै छैन । यसर्थ तपाई मालामाल ? तपाई जस्तै महिला वा पुरुष ज्यान हालाहाल, कि कसो ? सुन्नुहोस् टेलिफोनमा आधारित यो स्थलगत रिर्पोट:

  मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

बुढेसकालमा आमालाई १६ वर्षे वैंसले कुत्कुताए पछि.......... (अडियो रिपोर्ट)

गुल्मीको सदरमुकाम तम्घासमा चार वालवालिकाहरु गत दुई वर्ष देखि मुस्कीललले दिनको एक छाक मात्रै खाएर बाँचेका छन् । यो जाडोमा पातलो कपडा, थरथरी काँप्दै भोक मेटाउन नजिकै रहेको उपल्लो तम्घास माध्यामिक विद्यालयका विद्यार्थीहरुले ल्याएको खाजा ढुकेर वस्छन् र उनैले दिएको खाजाले विहानको छाक टार्छन् तर वेलुका भोकै सुत्छन् ।
त्यही सुत्ने ठाउँको पनि ठेगना छैन् । यो सब हुनको कारण आमालाई बढेसकालमा १६ वर्षे वैंसले कुत्कुताउनु हो । दुई वर्ष अघि आमा दोश्रो विवाह गरेर हिंडेपछि बाबु त्यो पिडा सहन नसकेर मजदुरी गर्दै मदिराको कुलतमा फंसे । दुई छोरीहरुको विवाह भई सकेको थियो । तर ११ वर्ष देखि तलको उमेरका चार छोरा छोरीको अवस्था बढो कारुणीक छ ।
जुन अवस्थाबारे ओझेलका खवर युनिटले केहि हप्ता अघि रिर्पोट प्रशारण गरेको थियो तर दुर्भाग्य कतैबाट सुनुवाई भएन । यसर्थ रेडियो गुल्मीले त्यस रिर्पोटलाई सहकर्मी विष्णु मरासीनीद्धारा परिमार्जन सहित पुनः प्रशारण गरेको छ, सुनौ:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

किन सुटुक्क गुल्मी हान्निए प्रमुख निर्वाचन आयुक्त उप्रेती? (भिडियो सहित)

प्रेम सुनार
गुल्मी, १८ माघ । हिजो सुक्रबार अपरान्हतिर पहिलो पटक गुल्मी आई पुगेका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पहाडी जिल्ला पाल्पा र गुल्मीलाई प्रकृतिले गजवको बनाएको रै’छ भन्ने प्रतिकृया दिएका छन् । संविधान सभा निर्वाचन पछि पहिलो पटक जिल्ला भ्रमणमा निस्केको बताउने उप्रेती सरकारी कार्यालयका प्रमुखदेखि पत्रकार सबैबाट टाढै रहेर आफ्नो गन्तब्य तम्घास ९ को नेटा गाउँतिर लागे पनि यस समाचारदाता पछ्याउँदै जाँदा विचबाटोमा गाडी रोकेर छोटो प्रतिकृया दिँदै यस्तो बताएका थिए ।
पाल्पादेखि गुल्मी आई पुग्दा यो पहाडी जिल्ला पाल्पा र गुल्मीलाई प्रकृतिले गजवको बनाएको पाएँ’–उप्रेतीले भने’–साह्रै रमाईलो लाग्यो । ’ उनले पाल्पा देखि गुल्मी सम्म आई पुग्दा यहाँका जनता एक जना पनि गरिव नदेखेको बताए । भने–‘निकै हरियाली रहेछ, गुल्मीका जनतालाई कहिं–कहिं पानीको समस्या भएको सुने तर पाल्पादेखि गुल्मी सम्मका जनता सम्पन्न रहेछन् एउटा पनि गरिव भएको देखिन मैले ।’  निर्वाचन पछि चार–पाँचा वटा जिल्लाका विचारहरु बुझौं कस्तो गरिएछ चुनाव ? अरु को कसले के बोले भन्दा पनि जनता सत्य बोल्ने भएकोले उनै जनताको भावना बुझौं, जसले गर्दा भोलीका दिनमा सुभधार गर्न सकियोस् भन्ने उद्देस्य रहेको उनको कथन थियो ।
उनले भ्रमणको यस्तो निहुँ् बनाए पनि धर्म पत्नी सहित खास त उनि नितान्त ब्याक्तिगत कामले गुल्मी आएको श्रोतले बताएको छ । तम्घास ९ नेटास्थित उनका पुर्व स्वकिय सचिव चुरामणी पन्थीकी माताको निधनमा शोक प्रकट गर्न उनि गुल्मी आएको सुरुक्षा निकायले जानकारी दियो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले भने–‘उहाँ सुरुमा जिल्ला निर्वाचन कार्यालयमा आउनु भयो अनि खाना खाएर सिधै उता लाग्नु भएको हो, यहाँ सिडियो सावसंग पनि भेटघाट गरेको थाहा भएन ।’


रायमाझीद्वारा क्याम्पसलाई २० लाख मूल्य वरावरको घडेरी नि:शुल्क प्रदान

जनार्दन घिमिरे
गुल्मी, १६ माघ ।  गुल्मीका एक व्यक्तिले आफ्नो पैतृक सम्पत्ति मध्यको केही हिस्सा स्थानीय एक क्याम्पसलाई निशुल्क रुपमा प्रदान गर्नु भएको छ । वामी गाविस २  स्थायी घरभई हाल अमेरीकामा वसोवास गर्दै आउनु भएका मकर वहादुर रायमाझीले उक्त जग्गा स्थानीय रुद्रावती वहुमुखि क्याम्पसलाई प्रदान गर्नु भएको हो । उहाँले वामी टक्सार स्थित वसपार्कमा रहेको १७ हातको करिव २० लाख मूल्य पर्ने एउटा घडेरी क्याम्पसका नाममा प्रदान गर्नु भएको हो ।
क्याम्पसका लागि आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा
क्याम्पसका प्रतिनिधि टंक भण्डारीलाई हस्तान्तरण गर्दै जग्गादाता
मकर वहादुर रायमाझी । तस्विर ः जनार्दन घिमिरे
आफ्ना स्वर्गीय वावु प्रेम वहादुर रायमाझी र आमा हीरा कुमारी रायमाझीको स्मृतिमा क्याम्पसलाई उक्त जग्गा प्रदान गरिएको रायमाझीले वताउनु भयो । सामाजीक काममा सधै सहयोगी भावना राख्दै अआउनु भएका स्वर्गीय प्रेम वहादुर रायमाझीले आफु मरेपछि पनि आफ्ना छोराहरुलाई समाजकालागि अविस्मरणीय काम गर्नुपर्छ भन्ने मान्यतावाट प्रभावित वनेर आफुले क्याम्पसलाई सहयोग गरेको उहाँले वताउनु भयो । रायमाझीले आउँदा दिनहरुमा क्याम्पसमा अध्यनरत अति विपन्न एवं दलीत तथा जनजाती विद्यार्थीहरुलाई लक्षीतगरि छात्रवृतीका लागि अक्षयकोषको स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
क्याम्पसका प्रतिनिधि एवं विद्यालय श्रोत व्यक्ति टंक भण्डारीलाई आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको थियो । जग्गाको लालपुर्जा ग्रहण गरेपछि श्रोत व्यक्ति भण्डारीले विदशमा वसेर पनि आफ्नो गाउँठाउँ र शिक्षाको क्षेत्रमा रायमाझीले गरेको सहयोग र सदुभावप्रति धन्यवाद एवं वधाई ज्ञापन गर्दै उक्त सहयोग क्याम्पसकालागि अनुकरणीय रहेको वताउनु भयो ।   


विवाह दर्ता गरेबापत रु १५०० घुस

धुर्कोट (गुल्मी), १५ माघ । विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले रु एक हजार ५०० घुस लिएको रहस्योद्घाटन भएको छ ।

दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्योद्घाटन भएको हो । “पहिला नागरिकता बनाउँदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको रु ५०० दिएँ,” खत्रीले भन्नुभयो पछि नागरिकता आउनेबेला उहाँले श्रीमतीसँग रु एक हजार मागेर लानुभयो ।

ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरु समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । “भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्” उहाँले भन्नुभयो ।

पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको रु एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताउनुभयो  । “सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो”, लोकमायाले भन्नुभयो “हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।”

गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।

“उहाँहरु चार÷पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनु पर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो” भन्दै उनले यसरी आफ्नो सफाइ दिए ।  रासस

नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने

काठमाडौं - नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने भएका छन्। अध्यागमन विभागले सोमबारबाट यस्तो व्यवस्था सुरु गरेको छ।

वातावरणमैत्री सेवा र कागज खपत कम गर्ने उद्देश्यले अनलाइनबाट भिसा आवेदन दिन पाइने व्यवस्था सुरु गरिएको विभागले जनाएको छ।विभागका अनुसार नेपाल भ्रमण गर्न र बसोबास गर्न चाहने विदेशी नागरिकले 'नेपाल इमिग्रेसन डट जिओभी डट एनपी' लगइन गरी जतिबेला पनि भिसा आवेदन दिन सक्नेछन्।

यसरी आवदेन दिएपछि १५ दिनसम्म सिस्टममा सुरक्षित रहने तथा नेपाल प्रवेश वा भिसा अवधि थप गर्नुअघि अनलाइनमार्फत यस्तो आवेदन देखाउन सकिने विभागले जनाएको छ। सुरुवातमा काठमाडौंस्थित विभागको कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा यस्तो सुविधा उपलब्ध गराइएको छ। कुटनीतिक र सरकारी भिसा आवेदन भने परराष्ट्र मन्त्रालयको वेबसाइटमार्फत दिन सकिने विभागले जनाएको छ। -रासस

ओझेलका खबर: १२ बर्ष देखी खोरमा थुनिएका किशोरको पिडा

Published on: // , ,
रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
मोबाईलमा सुन्न तल क्लिक गर्नुहोला ।
भाग १
भाग २ 
भाग ३

विदेश श्रीमान भएकी उनी वेपत्ता हुँदा............

Published on: // ,
विदेश श्रीमान भएकी उनि वेपत्ता हुँदा...........................

प्रेम सुनार
गुल्मी ११ माघ । ‘तिमी पारी म वारी कुर्लिने, निस्ते खोला विचैमा उर्लिने .........’ केहि दिन अघि विदेश श्रीमान भएकी गुल्मी छापाहिलेकी महिलाले यस्तो गित गाएकी थिईन् । अनि रिडीको माघे सक्रान्ति मेलामा रुकुमकी चेलीले विदेशमा रहेका प्रेमीलाई सम्झीदै यस्तो गित गाएकी थिईन् –‘चिनो रुमाल दे’कोथ्यौं विदामा, बाँच्नै गाह्रो विछोडको पिडामा..........’ यो गित झट्ट सम्झना आयो जव विदेश श्रीमान भएकी छिमेकी जिल्ला पर्वतकी एक महिला माघ २ गते देखि वेपत्ता भएको समाचार पढ्दा । भर्खर उर्लिदो बैंश । आखिर मन न हो वराली हाल्छ । मन सम्हाल्न नसक्ने कतिपयको धै¥याताको बाँध पनि भ्वास्सै फुटि हाल्छ, खाएका बाचा कसम पनि च्वाट्टै टुटी हाल्छ ।
यो लगनको महिना भर्खर विवाह भएका नव जोडीहरु जिस्कीदै हिँड्छन् बाटो–घाटोमा । उनको पनि १४ महिना अघि मात्र विवाह भएको थियो तर विवाह गरेर ल्याए लगत्तै श्रीमान लागे विदेश तिर ।
भर्खर बसेको माया, भर्खर महशुस हुँदै गरेको जिज्ञाषा........उनले विहान पख अन्तिम स्पर्श गर्दै छोडेर विदेश हिँडेपछि, न जानु है भन्न पनि सकिनन् र न सासु न ससुरालाई रोक्न लगाउन आग्राह गर्न सकिनन् । उनि अर्थात पर्वतको शंकर पोखरी गाविस वडा नम्वर ९ खलडाँडाकी बिमला सुवेदी च्वाई ।
माघे सक्रान्ति चाड आयो झन निरासा ल्यायो । त्यसको अर्को दिन उनि घरबाट एकाएक बेपत्ता भईन् । उनि बेपत्ता हुनुको कारण अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । श्रीमान रुद्रप्रसाद च्वाई १४ महिना अघि विदेश ह्डिदा के के न सपना साँचेका थिए ति दम्पत्तिले । थाह छैन खै उनलाई के भयो ? कहाँँ गईन उनि वा कसैले बेपत्ता पा¥यो ? प्रहरीले उनका ससुरा दुर्घाप्रसाद सुवेदी च्वाई लगायतका ४ जनालाई नियन्त्रणमा लिई सोध पुछ गरेर छाडेको बताएको छ ।
नेपाली युवाहरुको यो विवसता, विदेश नगई पनि भएको छैन गए पछि कमाई भन्दा वढि क्षति ब्यहोर्नु पर्ने । यस्ता घटनालाई सम्झीदा भो भयो अव सवै फर्क स्वदेश भन्न मन लाग्छ । अनि तिनै रुकुमेली चेली र गुल्मी छपहिले गाउँकी चेलीले गित मार्फत ब्यक्त गरेको विदेशमा रहेका श्रीमानप्रतिको विलौना गुनगुनाउन मन लाग्छ । तपाई पनि गुनगुनाउने कि ? सुन्ने, गुनगुनाउने भए यसै साथ राखेका छौं ।

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

१२ वर्ष देखि बाँसको खोरमा बाँधेर राखिएको छ थापालाई

Published on: // , ,
प्रेम सुनार
गुल्मी, ११ माघ । ब्यस्त सडक छेवैंमा एउटा सानो खरले छाएको बुकुरो छ । त्यसको दलानमा एउटा बाँसले बारेको खोर छ । सडकका पैदल यात्रीहरु त्यसमा पक्कै बाख्रा पालिएको छ वा कुखरा भन्ने लख काट्छन् र आफ्नो बाटो लाग्छन तर त्यसमा कुनै बाख्रा वा कुखुरा र अन्य पशु होईन बल्की पशु जस्तै गरी मान्छे थुनिएको छ ।
  त्यसरी ब्राह वर्ष देखि थुनिएका मान्छे हुन् गुल्मीको दुविचौर ९ उर्लेनी छापागाउँका १६ वर्षिय रनबहादुर थापा । जो जन्म जात लठेब्रा हुन् । उनि जन्मेको ६ वर्ष पछि बाबुको मृत्यु भयो । अरु तिन भाई र एक दिदीहरु पनि सानै थिए । बाबुको मृत्यु पश्चात उनकी आमाले छोराको उपचार गर्नु त परै जाओस छोराछोरीलाई विहान बेल्ुका हात मुख जोडाउन समेत मुस्कील पर्दै गयो । अन्ततः उनले उपचार पाउन सकेनन् । सामन्य लठेब्रा उनि क्रमशः थप लठेब्रा हुँदै गए ।
  उनकी आमा मोतीकला भन्छिन्–‘ बेलैमा अस्पताल लैजान पाएको भए यस्तो हुन्नथ्यो , के गरुँ उहाँ वितेपछि म अकलगुम परे । ’ खोर भित्र ठ्याक्कै्र बाख्रालाई जस्तो गरी थोथ्रो र फोहोरो बोरा आछाईएको छ । त्यसैमा दिन रात काट्छन् उनि । ‘छोडी दियो भने माथी बाटामा जान्छ र गाडी पछि पछि दौडिन्छ त्यसैले अहिले त्यस्तै १२ वर्ष देखि खोर बारेर थुनेर राखेकी हुम् ( हुँ ) । ’ उनकी आमा मोतीकलाले भनिन् । उनि बोल्न सक्दैनन् । मुख भरी ¥याल निस्कीन्छ । गोडाहरु पेङ्गुला छन् । शरिर भरी महेलको कटकटी छ । यो चिसो मौसममा शरिरका कपडाहरु पातलो र महेलको भारी छ ।  
  दुविचौरका युवा समाज सेवी गिरीसिंह महाकिम भन्छन्–‘बाल्यपनमा हामीले देख्दा त मान्छे ठाँठै थिए तर जव उनले उपचार पाउन सकेनन् तव उनको यो विचल्ली भएको हो । ’ स्थानिय अर्का शिक्षक तारा बस्नेत उनि र उनको परिवारको त्यो विचल्ली देख्दा मुटु नै भक्कानिएर आउने बताउ छन् । भन्छन्–‘ यिनीहरुको यो विचल्ली देख्दा मुटु भक्कीनिन्छ तर के गर्ने हामीले पैसो दिएर उपचार गराउन सक्दैनौं , उनकी आमाको उपती छैन् सरकारले हेर्दैन् ।’
आमा मोतीकला ७० को नेटो काटिन्  र पनि निमेक मजदुरीले छाडेको छैन् । अरु सग्ला छोराहरु हुर्के, जागिरे पनि भा’का छन् तर उनिहरु आ–आफ्ना स्वास्नी छोरी छोरी छोडेर छुट्टिए’– उनले भनिन्–‘ म बुढीलाई दुखले छोडेन्, भएन भनेर यो छोराको भार । ’  स्थानियवासी भन्छन् उनले  उपचार पाउन वा कुनै संरक्षण दिने संस्था भई दिए ति उनकी बुढी आमाको आत्माले अशिष दिने थियो । 


तस्वीरः न झुक्कीनुस म बाख्रो होईन मान्छे नै हो ः सायद कहिले काँही यसै भन्छ होला बाँसको खोरमा उनै रनबहादुर थापाको मनले

कोरियालीसँग बिहे गर्ने नेपालीको वेदना, सुखद देखिएन परदेशीसँग पिरती

Published on: // ,
मीनप्रकाश उप्रेती
कोरिया । कोरियाली रमझमको सपना धेरै नेपालीले साँचर बसेका छन् । यही लोभमा हजुरबा उमेरका कोरियालीसित विहे गरी आउने नेपाली महिलाहरुको लाम लाग्न थालेको छ यहाँ । तर, जीवन सधेँ अनुकूलतामा बग्छ र ?
धादिङकी गौरीमाया तामाङले विदेशी रमझमको सपना देखेकी थिइन् । त्यसमा पनि विदेशीसितै बिहे गर्न पाए स्थायी सुख आउँथ्यो भन्ने कल्पना गरेकी थिइन् उनले । इच्छा न हो, सम्पर्क माध्यमबाट एकजना कोरियालीसित बिहे गरिन् र आइपुगिन् कोरिया । तर विडम्बना, उनको पति दोब्बर उमेरका भइदिए, ५१ वर्षका । उनी थिइन्, २५ वर्षकी ।
स्वाभाविक थियो, बाबु समानका मानिसलाई पतिको रुपमा स्वीकार्न उनको मन मानेन । सम्झौतामा नै बिताइन् केही समय । बदलामा पाइन् उनै पतिबाट तिरस्कार । जीवनदेखि हार मानिन् अनि एउटै विकल्प देखिन् आत्महत्या ।
आधुनिक जीवनशैली र आर्थिक सम्पन्नताको चाहना कसमा नहोला र ? नेपाली युवतीहरु पनि सुख खोज्छन् नै । यही खोजीमा उनीहरु कोरियाली पुरुषसित अनमेल दम्पतीको रुपमा गाँसिन्छन् । सुखसँगै पति र उसको परिवारबाट स्नेह र आत्मीयताको अपेक्षा भने विरलै महिलाले पाउँछन् । कोरियालीहरु पत्नीको रुपमा भित्र्याएको नेपाली महिलालाई बच्चा पाउने मेसिन र घरेलु कामदारको रुपमा सोच्दछन् ।
त्यसमाथि भाषा, शिक्षा र संस्कृतिको अभावमा नेपाली महिलाहरु थप सताइन्छन् । अपवादलाई छोडेर हेर्ने हेर्ने हो भने कोरियालीसित लगनगाँठो कस्ने नेपाली महिलामध्ये निकै कमले स्नेह र सुख पाएका छन् । नत्र साधारणतया हाम्रा महिलाहरु अनेकन् जंजीरले जेलिएका हुन्छन् ।
नेपाल फर्किने मन पनि आउँछ । तर, कोरिया छिर्दा लाखौं ऋण लिइएको हुन्छ । सो रकम तिर्ने बाटो नबनाई कसरी फिर्नू ? धेरैजसोले कोरिया छिर्नासाथै बच्चा पाइदिनुपर्छ । आफ्ना लालाबालाको त्यागेर फर्किन पनि कोमल हृदयले दिँदैन ।

आफन्तले फसाए

कोरियाली दम्पतीका रुपमा मानव व्यापार गर्नेहरु नेपाली नै अग्रसर छन् । कतिपयको त आफन्तले जंजीरमा फसाइदिएको उदारहण छ । पोखराकी अर्चना गुरुङ यस्तै पीडाले रन्थनिएकी महिला हुन् । उनी आफ्नै फुपूबाट यो देश आइपुगेकी हुन् । ‘१३ लाख रुपैंयाँ खर्च भयो’ उनले दुखेसो पोखिन् ‘वर्षेनी भिसा नवीकरण गर्न फुपूले ५ लाख रुपैंयाँ लिन्छिन् ।’ उनी आफन्तबाटै ठगिएको बताउँछिन् । ‘पराईले दुःख दिए आफन्तकोमा गइन्छ, आफन्तले नै दुःख दिए कहाँ जानू ? ‘उनले भनिन् ‘मेरोजस्तै भोगाइ धेरैको छ ।’
गुरुङजस्तै पीडित नेपाली महिलाहरु बिरानो कोरियामा ११ सय नाघिसके । यीमध्ये ७ सयले बिहे गरेको कागजी आधारमात्र बनाएका छन् । बाँकी ४ सय महिला कोरियाली दम्पतीका रुपमा बसेका छन् । यद्यपि, बस्नेहरुमध्ये धेरैको पति असमान उमेर र अस्वस्थ्य छन् ।
विवाहजस्तो पवित्र संस्कारलाई विकृत बनाइ ‘मानव तस्करी’ गर्ने क्रम रोकिएको छैन । पत्नीका रुपमा कोरिया आएकामध्ये धेरैले खान नपाएको, कुटपिट र बन्धक जीवन बिताउन बाध्य भइरहेका छन् । आत्मसम्मान त ‘भाग्यमानी’ले मात्र पाएका छन् ।

नेपाली पनि दोषी छन्

कतिपय घटनामा नेपाली महिला पनि दोषी हुने गरेका छन् । खासगरी कोरियाली कानुन, भाषा र संस्कारको अज्ञानताले गल्ती गर्नेहरु पनि छन् । कतिपय महिलाले भने एकैपटक आधुनिक जीवनशैलीमा आइपुगेको र सोहीअनुसार चल्न खोज्दा समस्या भोगेका छन् ।
यस्तै, एउटा घटना पनि केहीअघि । एउटी नेपाली महिलालाई उनका कोरियाली पतिले मरणासन्न कुटे । कुटाइबाट उनको पातो नै नचल्ने अवस्था भयो । यो हिंसाबारे उनले हारगुहार मागिन् । पतिबाट क्षतिपूर्ति पनि पाइन् र नेपाल फर्किन् ।
तथापि, घटनालाई नजिकबाट बुझ्नेहरु यसमा हाम्रै महिलाको दोष बढी थियो । उनले मादक पदार्थको लत बसाइन् । मदिराकै नशामा गल्ती पनि गर्दै गइन् । उनको बदलिंदो चर्यामा परिवारको दोष त होला, तर उनी पनि आफ्नो कर्तव्यबाट च्यूत भइन् । कोरियामा बस्दै आएका नेपाली पास्टर पवित्रमणि भण्डारी भन्छन् ‘उनले अस्पतालभित्रै मादक पदार्थ सेवन गर्थिन्, त्यही भएर तीनवटा अस्पताल परिवर्तन गर्नुपरेको थियो ।’
यसरी नेपालबाट वैवाहिक जोडीको रुपमा आउने महिलामा कोरियाली कानुन, संस्कार र आफ्नै शिक्षाको अभावमा समस्या भोग्नेहरु प्रशस्त छन् । यस्तो हिंसाको नियन्त्रणका लागि आउनुअघि परामर्श र शिक्षा प्रवाह गरिनुपर्ने विश्लेषण पाष्टर भण्डारी गर्छन् ।

उहिलेका कुरा: २३ बर्षको भत्ता जम्मा ३२ पैसा (अडियो कुराकानी)

Published on: // ,
प्रेम सुनार 
माघ ७, गुल्मी । २०४६ पछिका रजनैतिकर्मीहरु मध्ये कतिपयले विकास निर्माणबाट मेसोघाटो मिलाएर रातौंरात शहरमा महल ठडाएका र गाडीमा सहेल गर्ने गरेका पनि छन् । तर पञ्चायतकालमा २३ वर्ष सम्म गाउँको राजनिति गरेका गुल्मीको थानापति ६ का ७० वर्षिय बृद्ध खेमराज ज्ञवालीले भने २३ वर्षे राजनितक जिवनमा तालिम गरेको भत्ता स्वरुम ३२ पैसा पाएको निकै सम्झना गर्नुहुन्छ ।
पञ्चायतकालमा झण्डै १६ वर्ष सम्म निर्विरोध थानापति ६ को वडा अध्यक्ष बनेका उहाँ २०४६ को परिवतर्नसंगै सक्रिय राजनितीबाट ओझेलमा पर्नुभयो । यद्यपि स्वच्छ र ईमान्दार भलादमीको छवि बनाउनु भएका उहाँलाई युवाहरुले अझै पनि गाउँको विकास निर्माण उपभोक्ता समितिको अगुवाई गर्न आग्राह गर्दछन् ।
अहिलेको विकास निर्माणको कागजी पक्रियाबारे खासै मेसो नपाए पनि साथीहरुले विकास निर्माण उपभोक्ता समितिको अध्यक्ष बनिदिनु प¥यो भनेपछि बसेको हुँ भन्नुहुने उहाँ लौरो टेकेरै थानापति देखि सदरमुकाम तम्घास सम्म जिल्ला विकास समिति लगायतका कार्यालयमा धाईरहनु हुन्छ ।
पञ्चायतकालमा भ्रष्टचार कम हुने गरेको दावि गर्नु हुने उहाँ विकास भने पहिलाको तुलनामा अहिले धेरै भएको धारणा राख्नु हुन्छ । पञ्चायतकालमा तिन गाविसका मानिसहरुले तालिम लिए वापत जम्मा ५० रुपैयाँ पाएको र त्यो बाँड्दा प्रति ब्याक्ति ३२ पैसा पाएकोे अनुभव उहाँसंग कस्तो छ त ? सुनौं उनै पुराना ब्याक्ति खेमराज ज्ञवालीसंग गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले गरेका पुरानै कुराकानी:

ओझेलका खबर: सानै उमेरमा लभ, हतारमा बिहे, फुर्सदमा पछुतो

रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।


  • सानै उमेरमा लभ, हतारमा बिहे फुर्सदमा पछुतो: एस.एल.सी दिने तैयारी गर्दै गर्दा की बिनिताको रुपाकोटका भरतसँग लभ पर्यो, नचिनेकै मान्छेसँग हतारमा बिहे पनि भयो तर भारतीय लाहुरे भरत र उनको परिवारले दिन रात बिनितालाई यातना दिन थाले । अन्तत: न यता न उताको बन्न पुगिन ति चेली । एउटी दुधे छोरी बाहेक कोही रहेन आफ्नो भन्ने । सार्है मार्मिक जीवन कथा ।
  •  सुनौँ यो हप्ताको ओझेलका खबर:



मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।



ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग