Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारको राष्ट्रिय दिवसमा नेपाली "कन्सर्ट"

Published on 12:03:00 AM //

राजेश्वर ढकाल, दोहा, कतार - राष्ट्रिय दिवस समितिको आयोजनामा कतारमा नेपालको राष्ट्रिय कलाकारसहितको उपस्थितिमा भव्य तीन कन्सर्ट यहाँ हुँदैछ ।

जसमा एक दर्जन नेपालका स्थापित कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । 'वान लभ' को नारा बनाई कतारले यसपालि डिसेम्बर १८ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ । उसले नेपाल, भारत, फिलिपिन्सका कलाकार ल्याएर छुट्टाछुट्टै कन्सर्ट गर्ने तयारी गरेको छ ।

झन्डै १४ हजार ५ सय दर्शक अट्ने क्षमता रहेको 'वेस्ट इन्ड पार्क' स्थित एम्पिथिएटर हलमा हुने कन्सर्ट नेपालबाट आउने कलाकारले आफ्नो प्रस्तुति गर्नेछन् । यो पार्क सनैयास्थित करुवाको मुख्य कार्यालय नजिक छ ।

डिसेम्बर १७ तारिखमा साँझ साढे सात बजेदेखि हुने कन्र्सटमा गायक स्वरूपराज आचार्य, सत्यराज आचार्य, गायिका रजिना रिमाल, हास्यकलाकार धुर्मस्, सुन्तली, धनबहादुर कार्की विरही, मुक्ति शर्मा, नायक गजित विष्ट, निष्मा घिमिरे, गम्भीर बिष्ट र सन्दीप क्षत्रीले आफ्नो प्रस्तुति देखाउनेछन् ।

यी कलाकार नेपाली कला क्षेत्रमा स्थापित छन् । 'विभिन्न समुदायलाई मनोरञ्जन दिलाउने हाम्रो अभियान हो,' पत्रकार सम्मेलनमा आयोजकले भने, 'हाम्रो राष्ट्रिय दिवसमा सबैलाई एकताबद्ध भएर एउटै मायामा संलग्न गराउने लक्ष्य हो ।'

'एसियन कमेडी सर्कस' नाम दिइएको अर्को कस्सर्ट १८ डिसेम्बर साँझ ८ बजेबाट हुनेछ । आयोजकले यसलाई वर्षभरिकै सबैभन्दा ठूलो 'केमडी रात' भनेको छ । यसमा भारत र पाकिस्तानका कलाकारले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् । यसमा चर्चित हास्यकलाकार राजु श्रीवास्ताव, सखेल सिद्दिकी, सनिल पाल, राउफ लाला, राफी अनुम, सलोनी धानी, सुरज भेन्जरामोदीको निरन्तर तीन घन्टासम्म प्रस्तुति रहनेछ ।

यसैगरी तेस्रो कसन्र्ट १९ तारिख फिलिपिनी स्टारको सहभागितामा बृहत् कन्सर्ट हुनेछ । यी सबै कन्सर्टको मूल्य बराबर छ । यसको मूल्य २० रियालदेखि दुई सयसम्म छ ।

आयोजकले प्रत्येक कार्यक्रममा १० हजार दर्शकको अपेक्षा राखेको छ । आयोजकले कतारमा रहेको रेस्टुरेन्ट, हाइपरमार्केट र वेस्ट इन्ड पार्कबाट टिकटको बिक्री गरिरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग