Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समिति र नेवाः पुचःले साँस्कृतिक कार्यक्रम् गर्ने

Published on 2:01:00 AM //

पुरु जोशी
कोरिया । दक्षिण कोरियामा रहेका नेपालीहरु संघसंस्थाहरुको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) ले आज डिसेम्बर १ का दिन आयोजित सलनाल साँस्कृतिक कार्यक्रम बाँडफाँड कार्यक्रममा यसपाली कोरियाली नयाँ बर्ष अर्थात सलनालमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न पाउने संस्थाहरुमा गुल्मी सम्पर्क समिति र नेवाः पुचःले अधिकार पाएका छन् ।

गुल्मी सम्पर्क समितिले जनवरी ३१ तारिख पाएको छ भने नेवाः पुचःले त्यसको भोलीपल्ट अर्थात फेब्रुअरीको १ तारिख पाएको छ ।

यसपालीको सलनाल बिदामा बिभिन्न ८ वटा संस्थाहरुले आफ्नो संस्थाको तर्फबाट साँस्कृतिक कार्यक्रम आयोजना गर्न पाउँ भनी एनसीसी समक्ष निवेदन दिएका थिए । ती संस्थाहरुमा ट्रिनिटी ब्याण्ड, नेपाल मगर संघ, नेवाः पुचः, गुल्मी सम्पर्क समिति, म्याग्दी समाज समिति, खोटाङ सेवा समाज, नेपाल भूपु राष्ट्रिय खेलाडी संघ र नेपाल गोरखा परिवार रहेका थिए । जसमध्ये गुल्मी सम्पर्क समिति र नेवाः पुचःले साँस्कृतिक कार्यक्रम गर्न पाउने अधिकार पाएको हो ।

यसैगरि चिठ्ठा कार्यक्रम गर्नका लागि ३ वटा संस्थाहरु नेपाली एकता समाज नेपाल पत्रकार महासंघ र लमजुङ परिवारले निवेदन दिएका थिए जसमा नेपाल पत्रकार महासंघ र लमजुङ परिवारले कार्यक्रम आयोजना गर्न पाउने अधिकार पाएको छ ।

नेपाली सम्पर्क समितिको सहमति पत्र अनुसार कार्यक्रम बाँडफाँड गर्न नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राईको संयोजकत्वमा ३ सदस्यीय निर्णायक मण्डल निर्माण गरिएको थियो जसमा समितिकै उपाध्यक्ष बलराम पुन र सचिव चेत बहादुर बस्नेत रहेका थिए भने निर्णायक मण्डललाई नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष भक्त शेरचनले साथ दिएका थिए । सहमति पत्र अनुसार यसपालीको सलनालमा साँस्कृतिक कार्यक्रम र चिठ्ठा कार्यक्रम आयोजना गर्न पाउने संस्थाहरुको घोषणा गर्दै संस्थाका अध्यक्ष लोचन राईले ४ वटै संस्थाहरुको कार्यक्रम भब्य रुपमा सफल बनाउनका लागि दक्षिण कोरिया स्थित सम्पूर्ण संघसंस्थाहरुले सहयोग गर्न अनुरोध गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग