नयाँगाउँमा महिला हिंसा बिरुद्द सचेतना र्याली
Published on
1:27:00 PM //
गुल्मी, मंसिर १७ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियना २०७० को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला कार्यालय, गुल्मी र समान अधिकारका लागि महिला समिति नयाँगाउँको संयुक्त अयोजनामा २०७० मंसिर १६ गते सचेतनामुलक ¥याली तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । घर शान्ति नै विश्व शान्तिको आधार लैंगिक हिंसा अन्त्यको लागि सून्य सहिष्णुता कायम गरौं भन्ने मूख्य नाराका साथामा सुरुभएको ¥यालिमा मैदानबाट सुरुभई प्रहरी चौकी, र्तोत, कोल गैरा हुँदै पुन मैदानमा आई अन्तरकृया सम्पन्न भएको हो ।
महिला सञ्जालका अध्यक्ष कस्मिरा अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने हिंसाहरु मध्ये ७० प्रतिशत हिंसाहरु घरपविाव बाट हुने भएको यसको अन्त्यको सुरुवात पनि घरबाटै हुनु पर्ने धारणा राखे । उनीहरुले घरघरबाट लैङ्गिक मैत्री वातवरण बनाउँदै टोल, वडा, गाउँ, जिल्ला हुँदै राष्ट्रलाई लैंगिक हिंसा मुक्त बनाउने अभियान सञ्चालन गर्नु पर्ने आबश्यकतामा जोड दिए । कार्यक्रममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, जिल्ला प्रतिनिधि नरेश भण्डारी, सहजकर्ता सीता भुसाल, सामाजिक अगुवा बालकृष्ण पोखरल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन समान अधिकारका लागि महिला समितिकी सदस्य जमुना पोखरेलले गरेकी थिइन् ।

0 प्रतिकृयाहरु