Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली समाज जापानले रमझमका साथ नयाँ वर्ष मनाउने

Published on 9:32:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १८ मंसिर । गुल्मेली समाज जापानले नव वर्ष २०१४ को अवशरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । गुल्मीवाट काम तथा अध्यनको शिलसिलामा जापान पुगेका गुल्मेलीहरुसँग सामिप्यता वढाउने हेतुले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको  हो ।

विदेश वसे पनि वर्षको एकदिन नयाँ वर्षमा आफ्ना सवै तनाव र समस्याहरुलाई थाति राख्दै नाँचगान र खानपिनका साथ रमाईलो गरेर नयाँ वर्षको आगमनलाई थप रोचक र रमझम वनाउन समाजले उक्त कार्यक्रमको आयोजना गर्न लागेको गुल्मी समाज जापानका सचिव विपिन घिमिरेले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रममा सम्पूर्ण जापानमा रहनुहुने गुल्मेली महानुभावहरुलाई  टोकियो स्थित खानापिना रेष्टुरेण्ट बागुरोच्योमा डिसेम्वर ३० को दिन राती नौं वजे उपस्थितिकालागि समाजले आग्रह समेत गरेको छ । कार्यक्रममा १० वर्ष भन्दा कम उमेरका वालवालीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने त्यस भन्दा माथिका व्यक्तिहरुलाई रु २ हजार येन  प्रवेश शुल्क  राखिएको जनाइर्एको छ । गुल्मी समाज जापानको हालै वसेको वैठकले पहिलो पटक उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग