Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा यस वर्ष ४९ वटा महिला हिंसाका घटना

Published on 12:15:00 AM //

राम सुवेदी
बागलुङ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बागलुङमा महिला हिंसाका घट्नाको संख्यामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय बागलुङ महिला सेलको तथ्याङ्कले जनाएको छ । जस अनुसार पछिल्लो ५ महिनाको अवधिमा मात्र ४९ वटा महिला हिंसाको घट्ना दर्ता भएका छन् ।
श्रीमानद्धारा कुटपिट गर्ने, खान लाउन नदिने, बहुविवाह गर्ने जस्ता घटना दर्ता भएको महिला सेल प्रमुख तारा सुवेदीले जानकारी गराउनु भयो ।  प्रहरीमा दर्ता गरिएका ४९ घट्ना मध्ये ३२ वटामा मिलापत्र गरिएको, ८ वटा अदालतमा सिफारिस गरिएको र बांकी अनुसन्धानमा रहेका समेत सुवेदीले बताउनु भयो । अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा ९८ वटा घट्ना दर्ता भएकोमा ५६ वटामा मिलापत्र गरिएको थियो भने ११ वटा मुद्धा अदालतमा पेस गरिएको बताइएको छ ।
त्यस्तै अल्पकालिनस महिला सेवा केन्द्र बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷७१ को ५ महिनाको अवधिमा ३६ वटा महिला हिसाका घट्ना दर्ता भएका छन् । दर्ता भएका मुद्धा मध्ये २७ वटा फच्र्योट भएका छन् भने ९ वटा मुद्धा बांकी रहेको अल्पकालिन महिला सेवा केन्द्रकी प्रमखु शर्मिला थापाले जानकारी दिनु भयो । महिलाहरुमा हिंसा सहनु हुन्न भन्ने चेतना बढ्दै गएका कारण हिंसा पिडित महिलाहरु न्याय खोज्न थालेको थापाको भनाई थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग