Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भारतिय पेन्सन क्याम्प सुरु

Published on 12:35:00 AM //

जनार्दन घिमिरे
गुल्मी २४ मंसिर । सोमबारदेखी गुल्मीको सदरमुकाम तम्घासमा भारतिय पेन्सन वितरण क्याम्प सुरु भएको छ । प्रत्येक वर्ष कात्तिकको अन्तिम साताबाट सुरुहुने पेन्सन क्याम्प यो बर्ष संबिधानसभाको निर्वाचनका कारण एक महिना ढिलागरि सुरु भएको हो । क्याम्पमा गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान र पर्वत जिल्लाका करिव ८ हजार ५ सय पूर्व भारतीय सैनिकहरुलाई पेन्सन बितरण गरिने बोर्डका सचिव सन्त बहादुर खड्काले जानकारी दिनु भएको छ ।
सोमबारदेखी शुरु भएको उक्त क्याम्प पुस ७ गते सम्म संचालन हुने भएको छ । क्याम्पमा बिहान ७ बजे देखि साँझ ५ बजेसम्म पेन्सन बितरण गरिदैं आएको छ । भारतीय राजदुतवासले हरेक बर्षको २ पटक ६÷६ महिनामा पेन्सन क्याम्प संचालन गर्ने गरेको छ । पेन्सन बितरण गर्ने सिजनले गर्दा सदरमुकाम तम्घासमा चहलपहल पनि सुरु भएको छ । टाढा टाढाका पेन्सनरहरु तम्घास आउने भएकोले चलपहल बढेको हो । पेन्सनरहरुले पेन्सन बुझेसंगै किनमेल गर्ने भएकाले पनि क्याम्प नजिकैको बाख्रेछेडा सडक खण्डमा ब्यापारीहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा भूतपुर्व भारतीय सैनिकहरुका लागि पेन्सन वितरण क्याम्पमा पेन्सन लिनकालागि लाईनमा वस्दै भूपुहरु । तस्विर ः जनार्दन घिमिरे


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग