Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो चक्रेश्वर मेला

Published on 1:41:00 PM //


तेजेन्द्र थापा
शान्तिपुर, मंसिर १९ । श्री उदय शान्ति युवा क्लब द्वारा आयोजित चक्रेश्वर मेला २०७० विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । क्लबका अध्यक्ष तेजेन्द्र थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गौरब पन्थीले उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने बिशेषअतिथिमा पश्चिम क्षेत्रीय भलिबल संघका सदस्य झक  बहादुर मिदुन रहनुभएको थियो ।
बिगतका वर्षहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय ख्याती प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रम, स्व.गंगा बहादुर क्षेत्री स्मृति खुल्ला भलिबल प्रतियोगिता र स्व.चन्द्र कुमारी थापा स्मृति खुल्ला ब्याडमिन्तन प्रतियोगिताको आयोजना गरि सम्पन्न भएको छ । सोहि कार्यक्रमको अवसर पारेर बरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीलाई गायन र कला संगीतको   क्षेत्रमा पुर्याउनु भएको महत्वपुर्ण योगदानको कदर गर्दै ताम्रपत्र र नगद रु. १०००० सहित सो क्लबले सम्मान गर्यो ।
साँस्कृतिक कार्यक्रमा तर्फ देश तथा बिदेशमा समेत आफ्नो पहिचान गराउन सफल गायक प्रमोद खरेल, बरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, लोकगायीका सर्मिला गुरुङ, लगाएतका गायक गायिका तथा नायक दिलिप रायमाझी र नायिका मंजिता के.सी. हाँस्य कलाकार कमल गाउँले लगाएतका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहेको थियो ।
नगद रु ३५,००० को साथमा कप, मेडल र प्रमाणपत्र प्रथम पुरस्कार रहेको स्व. गंगा बहादुर क्षेत्री स्मृति खुल्ला रनिंग कप भलिबलको उपाधि अन्तराष्ट्रिय खेल समेत खेली सक्नु भएका हरि थापाको टीम शान्तिपुर घेतुन्गले आफ्नो पोल्टामा पार्न सफल भयो भने थापा डिजिटल तथा संगम मोबाइलको टीम उपविजेता भई नगद रु.२५०००/- प्राप्त गर्न सफल भएको छ । यसै गरि स्व.चन्द्र कुमारी थापा स्मृति खुल्ला ब्याडमिन्तनको उपाधि शान्तिपुरकै आयोजक अर्जुन थापा र दीपक पन्थीको जोडीले जित्न सफल भएको छ भने उपविजेता पनि आयोजक नै राजु श्रेष्ठ र लक्ष्मण थापाको जोडी बन्न सफल भएको छ । भलिबलमा २० टीम र ब्याडमिन्टनमा कुल १४ टीमको सहभागिता रहेको थियो ।
कार्यक्रमको फोटो र भिडियोहरु हेर्न तल क्लिक गर्नुहोला:
भाग १
भाग २

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग