Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङ आसपासका क्षेत्रमा चिसो बढेपछि सर्वसाधारणलाई समस्या

Published on 8:39:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ, पौष ५ । बुर्तिबाङ लगाएत जिल्लाको पश्चिम क्षेत्रमा चिसो निकै बढेपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ । पुस महिनाको सुरुवातसँगै तिन दिन यता बादल र हावा चल्न थालेपछि बढी जाडो भई सर्वसाधारणलाई सास्ती भएको हो ।  एकाएक मौसम बदली भई धेरै चिसो भएपछि बृद्धबृद्धा र बालबालिका बढी प्रभाबित भएका छन् । चिसोले दम र निमोनियाका रोगीहरुलाई बढी सताउने गरेको छ यसरी बढ्दै गएको चिसाबाट बच्नको लागी विहान र बेलुकी बढी बाहिर नहिड्ने र हिडेपनि सुरक्षितसाथ तातो कपडा तथा उचित किसिमको खानेकुरा खाने लगाएतका सुरक्षा अपनाएमा चिसोमा उक्त रोगीहरु केहि हदसम्म बच्न सकिने बुर्तिबाङ स्वास्थ्य प्राथमिक केन्द्रकी निमित्त प्रमुख लक्ष्मि बानियाँले जानकारी दिनुभएको छ ।
 चिसोका कारण बिरामी हुनेहरुको संख्या पनि दैनिक बढ्न थालेको छ । साथै विगतको तुलनामा यो वर्ष बढि चिसो भएकोे सर्वसाधारणको भनाई छ । अत्याधिक चिसो भएपछि नियमित कामकाज गर्न समेत असहज भएको बुर्तिबाङ १ की स्थानिय सिता कँडेलले बताउनुभएको छ  । तिन दिन देखि नै यस क्षेत्रमा विहानै देखि पानी पर्ला जस्तो भएर धुमिएको मौषम सँगै उच्च स्थानमा शितलहर देखिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग