Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेरा हाइड्रो पावरको कार्य रोक्न माग राख्दै उजुरी, बिरोधमा बजार बन्द

Published on 8:52:00 PM //

कविता घर्तीमगर
बुर्तिबाङ, ४ पौष । बुर्तिबाङको वडा नं. २ स्थित निर्माणाधिन सेराफाँट माइक्रो हाइड्रोपावरको निर्माणकार्य तत्काल रोक्न माग गर्दै लक्ष्मी कुण्ड पुल निर्माण संघर्ष समिति र स्थानीयवासीले आज इलाका प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् ।
उता बजारवासीले उक्त कार्यप्रति समर्थन र सहकार्य जनाउँदै विरोध स्वरुप आज १० बजेदेखि ४ बजेसम्म बुर्तिबाङ बजार बन्द गराएका छन् । सात मेगावाट विद्युत उत्पादन क्षमताको उक्त शेराफाँट माइक्रो हाइड्रोपावर योजना गत बर्ष नै लामो समय सर्वेक्षेण र सर्वे गरिसकेपछि यही पौष २ गतेदेखिे निमार्णकार्य सुरु गरको हो ।
उता संघर्ष समिति र स्थानीयले समुदायमा छलफल र जनतासँग कुनै सरसल्लाह नै नगरि केही  लगानीकर्ताले आफुखुसी निर्माणकार्य सुरु गरेको र उक्त योजनाले बुर्तिबाङ बजार नै डुवान र जोखिममा पर्नसक्ने भन्दै उक्त निमाणर््ाकार्य रोक्न आन्दोलनमा उत्रिएका हुन् । संघर्ष समितिले प्रशासन समक्ष बुझाएको लिखित उजुरीमा उक्त योजनाले स्थानीयबासीको जनजीवनमा नराम्रो प्रभाव पर्ने भन्दै तत्काल निर्माणकार्य रोक्न माग गरिएको छ ।
जबरजस्ती निमार्ण कार्य थालिएको उक्त माइक्रो हाइड्रोपावर योजना निर्माणकार्यले भुजीखोला र तमानखोलाको संगम स्थल बुर्तिबाङको चुरेलाबासमा बनाइने भनिएको जलाशायले स्थानीयलाई दूरगामी असर पुग्ने, जलाशाय फुटेर क्षतीग्रस्त हुनसक्ने, बजार र बस्ती कटान हुनसक्ने, खोलाको पानी कमी भई वातावरण प्रदूषण हुने साथै सोही स्थान नजिकै निर्माण हुन लागेको मध्य पहाडी लोकमार्गमा पर्ने लक्ष्मी कुण्ड मोटर पुल निर्माणमा समेत नराम्रो असर पर्ने उजुरीमा उल्लेख छ ।
लक्ष्मी कुण्ड मोटर पुल निमार्ण समितिले गत असार १३ र १५ गते नै बैठक वसी उक्त योजना स्थगित गर्नुपर्ने निर्णय गरि सेराफाँट माइक्रो हाइड्रोपावर समितिलाई मौखिक जानाकारी गराउँदा समेत बेवास्ता गरेको समितिका कार्यबाहक अध्यक्ष दलबहादुर भण्डारीले बताउनुभयो । साथै उक्त निमार्णकार्य तत्काल नरोके विरोधका थप कार्यक्रमसहित आन्दोलनमा उत्रने र बजार लगायत यातायात समेत बन्द गर्न बाध्य हुने बताउनुभएको छ ।  
लक्ष्मीकुण्ड मोटर पुल निमार्ण संघर्ष समिति लगायत १ सय ५९ जना स्थानीयवासीको हस्ताक्षेरित उक्त उजुरी बोधार्थ स्वरुप जिल्ला प्रशासन कार्यालय बागलुङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङ, गाउँ विकास समितिको कार्यालय बुर्तिबाङ र शेराफाँट माइक्रो हाइड्रो पावर बुर्तिबाङलाई समेत बुझाइएको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग