Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाबु मारेको १४ बर्ष पछी छिमेकिको पनि हत्या

Published on 2:35:00 PM //

बिशाल भट्टराई
गुल्मी - दर्लिङका एक पुरुषले आफ्नै बाबुको हत्या गरेको १४ वर्षपछि फेरि छिमेकीको हत्या गरेका छन्। शुक्रबार राती १२ बजे दर्लिङ–९ का ३४ वर्षीय हर्कबहादुर घर्तीले सोही ठाउँकै रामबहादुर पाण्डे भन्ने वर्ष ५३ का मेघबहादुर पाण्डेको हत्या गरेका हुन्।
उनीसँगै मंसिर महिनामा जिल्लामा विभिन्न ब्यक्तिको हत्या गर्ने तीन जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। पाण्डेको घरमा मदिरा सेवन गरेर बसिरहेका यी दुईबीच अकस्मात विवाद भएपछि हत्या भएको निमित्त प्रहरी प्रमुख निशान्त श्रीवास्तवले बताए। घर्तीले २०५४ सालमा आफ्नै बाबु लालबहादुर घर्तीको हत्या गरेका थिए। उनी कानून बोमजिम जेल जिवन विताएर २०६४ सालमा बाहिर निस्किएको प्रहरीले जनाएको छ।
- नागरिक दैनिक 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग