Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लामा ११३ एचआईभि संक्रमित, एआरभि सेन्टर नहुँदा संक्रमितलाई सास्ती

Published on 11:36:00 PM //

जीतेन्द्र खत्री
अर्घाखाँची । जिल्लामा एचआईभि संक्रमितको संख्या ११३ पुगेको छ । ६ वर्षको अवधिका एचआइभि संक्रमितहरु मध्ये महिला ५८ जना र पुरुष ५५ रहेकोमा यी मध्येबाट हालसम्म जन्मेका बच्चाको संख्या ८ रहेको छ ।  संक्रमितहरु मध्ये धेरै विवाहित महिला र दलित तथा जनजाती रहेका छन् । संक्रमितले खाने एआरभि औषधि जिल्लामै उपलब्ध हुन नसक्दा एचआइभि संक्रमितलाई सास्ती भएको छ । एचआइभि संक्रमित दिनानु दिन बढ्दै गएको अर्घाखाँचीमा एआरभि औषधि केन्द्र नहुँदा संक्रमितहरु अकाल्मै मृतुको मुखमा पुग्न बाध्य छन् । विना गल्ति र दोष यी महिला र बच्चाले एचआईभि को भाइरस बोकेर हिड्नु परेको अवस्था छ ।
धन पैसा कमाई परिवारलाई सुःख दिने उद्देश्यले भारत गएका हाम्रा श्रीमानले पैसाको सट्टा एचआइभि लिएर आई श्रीमति र छोरा छोरीलाई पनि सारी आफुहरु यस संसारबाट विदा हुनु भयो–संक्रमित पार्वति बञ्जाडेले भनिन् अहिले आएर हामीले औषधि उपचार गर्ने र विहान साझको छाक कसरी टार्ने ? ती बच्चाहरुलाई कसरी लेख पढ गराउने भन्ने पिरलोले सताइरहेको छ । अर्कोतर्फ औषधि लिन जाने खर्च पनि पु¥याउँन सकिदैन उनको अवस्थालाई हेर्दा साझ विहानको छाक टार्न पनि गाह्रो हुने खालको छ । संक्रमितले लामो समयसम्म एआरभि र पोसिलो खाना खानु पर्ने हुन्छ । तर औषधि लिन महिनाको १, २ पटक पाल्पा, वुटवल, तथा काठमाण्डौ जानु पर्ने र त्यहा पनि समयमै सुविधा नपाउँदा र पटक पटक जानु पर्ने हुँदा यातायात भाडा तिर्न नसक्दा कति संक्रमित एआरभि औषधि खान नगएको  नगएको संक्रमित सरिता भुसालको भनाई छ । औषधि निसुल्क रुपमा पाएपनि औषधि लिन जाने  र सिडिफोर गर्ने भाडा खर्च जुटाउँन नसक्दा कति संक्रमितले बीचैमा औषधि छाड्ने गरेका छन् ।
एचआइभिको क्षेत्रमा काम गर्ने संस्था सक्रिय सेवासमाज र प्रेरणाले केहि मात्रामा जाने आउने यातायात खर्चको व्यवस्था गरे पनि संक्रमितको संख्या वढ्दै जाँदा उनिहरु आवश्यक अनुसार महिनामा १, २ पटक पाल्पा वुटवल र काठमाण्डौ जानुपर्ने हुँदा संस्थाहरुले गर्दै आएको सक्रिय सेवा समाज अर्घाखाँचीका संयोजक बालकृष्ण खत्रीले बताए । खत्रीका अनुसार धरै जसो बजारमा बस्ने महिला र विदेशबाट घर आउदा श्रीमान संक्रमित भएर आउँने गरेकोले संख्या बढ्दै  गएको उनको भनाई छ ।
एचआइभि संक्रमितहरु विभिन्न निकाय, जिल्ला एड्स समन्वयन समिती, जिल्ला विकास समिती, राजनैतिक दल, एचआईभिको क्षेत्रमा काम गर्ने संघ संस्थासँग एआरभि सेन्टर ल्याउन पहल गरिदिन हार गुहार गर्दा पनि सेन्टर ल्याउन नसकेको वताउँछन् । संक्रमितहरु राज्यले विभिन्न कामका लागि आवश्यक भन्दा बढि बजेट दिएर हिनाविना गरेको पाईन्छ । तर स्वास्थ्यको क्षेत्रमा त्यति गम्भिर भएको देखिदैन ( जो होचो उसकै मुखमा घोचो ) भन्ने उत्तिकै सार्थकता देखिन्छ । जिल्लामानै एचआईभिको सेवा संचालन गर्न राज्य, राजनैतिक दल र अन्य सरोकारवालाहरुले त्यस प्रति चासो नदेखाएको गनासो एचआईभि संक्रमितहरुको भनाई छ ।
यदि हामीहरुले समयमै औषधि सेवन र पोसिलो खानाको व्यवस्था मिलेमा हामीहरुपनि अन्य नागरिक सरह जीवन जिउन सक्छौ संक्रमित पार्वति वञ्जाडेले भनिन सक्रिय सेवा समाजका संयोजक वालकृष्ण खत्रीका अनुसार जिल्लामा क्रियासिल राजनैतिक दलहरुले चासो नदिएका कारण एआरभि केन्द्र स्थापना गर्न नसकेको हो । जिल्ला विकास समिती, जिल्ला स्वास्थ्य कार्यालय लगायतका सरकारी कार्यालयले एआरभि केन्द्र स्थापनाका लागी पहल गरे पनि राजनैतिक दलहरुको त्यस प्रति चासो नजानाले संत्रमितहरु दिनानुदिन बढ्दै गएको र जीवन लम्ब्याउने एआरभि औषधी नियमित खान सकेका छैनन्, जसका कारण संक्रमितको अकाल मै मृत्यु हुने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग