Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमान विदेशमा, श्रीमतीको गाउँमै आफ्ना भान्जासँग इलु इलु चलेपछी

Published on 11:50:00 PM //

प्रेम सुनार
गुल्मी, २५ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलि रहेका बेला विदेशमा रहेका गुल्मीका दामप्रसाद (नाम परिवर्तनन) यता घरमा पत्नीले दिएको पिडाले मरुँ कि बाँचुको अवस्थामा पुगी सकेका थिए । यसै मंसिर पहिलो हप्ताको कुरा थियो । सदा झै आफ्नै भान्जा राती माईजुको विस्तरामा आयो । कति सहनु ? एक दिन होईन दुई दिन होईन सधै त्यस्तै भएपछि सहि साध्य भएन दामप्रसादकी आमालाई । उनको पालो गाउँ गुहारिन् । सवै जुटे र घर निकाला गरे । मरेको मुख लगाउँदै दुई सन्तानकी आमा सुन्तली (नाम परिर्वतन) भान्जाको घरमा भित्रिन गईन् ।
पाँच छ वर्ष मुनिका छोरा छोरी च्वाँच्वाँ र चुचु रुन थाले । ति नकचरी आमाको पनि आँखामा आँसु बगे । भान्जाको घरमा के पुगेकी थिईन जा...जा.. तँ गाउँ भँडुवा गैहाल मेरो भित्र नपस गराए परिवारले । उनिहरुको पालो लागे तम्घासतिर । तिन दिन जती मस्ती गर्दै बसे होटलमा । उता श्रीमानलाई फोन गरेर पानी माथीको ओभानो बन्ने कोशिस गर्दै रहिन् । होटलको विस्तरामा एउटा हाताले भान्जाको शारिर सुम्सुमाउँदै अनि अर्को हातले मोवाईलमा श्रीमानसित सती सावित्री बन्दै गरिन् । झण्डै तिस वर्ष पुग्न लागेकी माईजु, विस वाईसे उमेरका भान्जा । छोड्ने मन त छैन तर घरका ति दुधे वालकको मायाले सतायो उनलाई । माईजु भान्जाले सल्लाह गरे –‘जे भयो भयो छुटम क्यारे..’ भन्दै । अनि सुरु भयो उनको विदेशमा रहेका श्रीमानसंग सती सावित्रयाँई । श्रीमान विना बाँच्नै नसक्ने र घात गर्न गर्दै नगरेको भन्दै गोहीका आँसु बगाईन् । म मरी जाँउ मेरा देउता जस्ता भान्जासित त्यस्तो काम गरेको भए... भन्दै रुने कराउने गर्न थालिन ।
उता विदेशमा मजदुरी गर्न विवश श्रीमानले ति छोरा छोरीको मुख हेरेर घर गएर उनिहरुलाई सम्हालेर बस भने । त्यस पछि भान्जालाई तम्घासमै छाडेर लागिन माईजु घर तिर । घरमा सासुले स्वीकार गरिनन् । त्यस पछि उनि अहिले बेग्लै बसेकी छन् । यो अर्थात घटनाको समचार बनाउन सकिएन र कथाका रुपमा प्रस्तुत गरिदै छ किन कि उनका श्रीमानले उनलाई स्वीकार गरेका कारण । यद्यपि बढ्दो यौन विकृति प्रति सचेतना जागोस् भन्नका लागि कथाका रुपमा प्रस्तुत गरिएको हो । विदेशमा रहेका उनि विवश छन् र उनि जस्ता विदेशमा रहेका अन्य थुप्रै पुरुषहरु पनि यस्ता घटनाबाट पिडित हुँदै आएका छन् ।
यसै गुल्मीमा अर्को एक पत्नी पिडित पुरुषको उजुरी पनि प्रहरीमा परेको छ । विदेशबाट श्रीमान आएको डेढ वर्ष विति सकेछ तर पनि प्रेमी संगको सम्वन्ध कायमै रहेपछि श्रीमानको पालो मोवाईल जति बेला फोन गरे पनि रेकर्ड हुने बनाए छन् । मलाई प्राप्त त्यो रेकर्ड अनुसार रातको दुई वजे श्रीमान सुतेको बेलामा तिनै प्रेमी संग कुरा गर्छिन् । जसमा सवै खाले पोल खुल्छ । प्रेमिले उनका श्रीमानलाई मार्ने सम्मको चेतवानी दिन्छन् । यति हुँदा हुँदै पनि ति पुरुषले न्याय होईन उल्टै दण्डीत हुनु पर्ने अवस्था सिर्जना भएको छ । अर्थात मोटो रकम सम्वन्ध विच्छेदका लागि मागिएको छ । विदेशमा हाड–हड्डी खिएर कमाएको पैसाको थात्थलो छैन उनको । यसरी कतिपय महिलाहरुको यस्तो चर्तिकलाले बैदेशिक रोजगारमा रहेका पुरुषहरु दिन प्रति दिन पिडित हुँदै आएका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाए झैँ अव पुरुष हिंसा विरुद्धको अभियान पनि चलाउनु पर्ने हो कि भन्ने यस्ता घटनाले देखाएको छ । विदेशबाट पठाएको रकम उनै नाठाहरुलाई पोस्दैमा ठिक्क । बेरोजगार त्यो भान्जा पोस्सीनु पोस्सीयो । आखिर उनै माईजुले बाटो खर्च हालेर कता पठाईन थाह छैन । उ मंसिर ६-७ गते देखि घर फर्केको छैन भन्छन् स्थानियवासी ।
मरेको मुख लगाउँदै बसेकी ति माईजुलाई छिमेकी महिलाहरुले कुरा काट्ने गरेको सुनिन्छ । उनको कुरा सुन्दा मलाई फेरी अर्की एउटी महिलाको भनाई झर्लक्क याद आयो । कुरा के थियो भने एउटी महिला सौता माथी पोईला गईछन् । गएको एक रात विताईन् नयाँ श्रीमानसित । अर्को दिन सौताले लुछे पछि फर्केर पुरानै श्रीमानको घरमा आईन् । त्यस दिन देखि छिमेकी महिलाहरुले मेलापात, पधेरोमा कुरा काट्न थाले । भने–‘ छि कस्ती नकचरी हो, पोईला गएर पनि फेरी फर्केर आउनी ....। ’ त्यो सुने पछि ति महिलाको कन्चट तातेर आयो । उनको पालो के भनुँ के भनुँ हुँदै प्याच्च भनिन् –‘ मान्छे सधैका लागि पोईला जान्छन र त केहि हुन्न , म जावो एक रात पोईला गा’को पनि त्यत्रो डाह.............’ ठिक त्यस्तै क्षेत्र नम्वर ३ कि ति महिलाले पनि कुरा काट्नेहरुलाई मुखभरीको जवाफ दिदै भन्नु पर्ने–‘ मान्छे नाता नलाग्ने सित लसपस गर्छन र त केहि हुन्न म विचरी आफ्नै भान्जासित लसपस गर्दा पनि त्यत्रो डाह....’ कि कसो ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग