Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुट्टा मुद्धा फिर्ता गर्न भन्दै जनमोर्चाले प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझायो

Published on 9:01:00 PM //

विजय राना/राम सुवेदी
बागलुङ । राष्ट्रिय जनमोर्चा  जिल्ला समिति बागलुङले संविधान सभाको निर्वाचनको समयमा भएका विभिन्न घट्नामा संलग्न रहेको भन्दै आफ्ना कार्यकर्ता माथि लगाईएको झुट्टा मुद्धा फिर्ता गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बागलुङ तथा एकीकृत सेवा केन्द्र बुर्तिबाङ मार्फत गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा संविधान सभाको निर्वाचनको समयमा जैदी÷पैयुंथन्थापमा नेपाली काग्रेसका कार्यकर्तामाथि कुटपिटमा संलग्न भएको भन्दै आफ्ना कार्यकर्तालाई झुटामुद्धा लगाएर राजनितिक प्रतिसोध सांध्ने काम गरेको समेत बताईएको छ ।
विज्ञप्तीमा घट्नाको बारेमा आफ्नो पार्टी अनुसन्धानको लागि तयार हुंदा हुंदै पनि निरअपराध व्यक्ति, परिवार, समुदायलाई आतकित पारी फसाउने काम गर्नु न्यायको धज्जि उडाउनु हो भन्ने उल्लेख गरिएको छ ।
दोषीलाई कानुनी कठघरामा उभ्याउनु जरुरी छ, तर घट्ना संग जोडेर निर्वाचन क्षेत्रभित्र मतदान अधिकृतसंग सर्वदलिय बैठकमा सहभागि कार्यकर्तालाई लगाईएको झुट्टा मुद्धा राजनितिक प्रतिसोध सांध्ने उद्धेश्यले प्रेरित भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा हुग्दिशिरमा आफ्ना कार्यकर्ता मिनापुन लगायतका कार्यकर्ता माथि आक्रमण गर्नेलाई कार्वाही गर्न समेत माग गरिएको छ ।
ज्ञापन–पत्र जिल्लदा प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बुझ्नु भएको छ भने एकीकृत सेवा केन्द्र बुर्तिबाङमा सेवा केन्द्र प्रमुख रविलाल शर्माले जैदी, पैयुंथन्थाप, हुग्दिशिर लगायतका घट्ना राजनितिक भन्दा पनि अपराधिक भएको बताउंदै ज्ञापन–पत्रलाई तत्काल गृहमन्त्रालयमा पठाउने प्रतिवद्धता जनाउनुभएको छ ।
उहामँहरुले कुनै पनि अपराधिक घट्नलाई राजनितिकरण गर्न नहुने कुरामा समेत जोड दिनु भएको थियो ।
जिल्ला प्रंशाशन कार्यालय बागलुङमा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, सचिव धर्मबादुर कुवँरले प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको थियो भने एकीकृत सेवान केन्द्र बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष टेकबहादुर घर्ति मगर , गौरीश्वर पाण्डे र दुर्गादेवि घर्ति मगर सहितको सहितको टोलिले बुझाएको बताइएको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग