Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ बुँदे घोषणापत्र जारी गर्दै सकियो जेसिसको महाधिवेशन

Published on 8:59:00 PM //

दिल सिरिस
बागलुङ । नेपाल जेसीजको ४० औ राष्ट्रिय महाधिवेसन ५ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

बागलुङ जेसीजको आतिथ्यतामा पुस १२ गते देखि शुरु भएको महाधिवेसन नयाँ नेतृत्व चयन संगै ५ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

जारी घोषणापत्रमा देशको राष्ट्रिय सत्ता केन्द्रीय राजनीति भन्दा युवामैत्री, सवैको पहिचान भेटिने तथा जातिय द्धन्द मेटिने जनसंबिधान निर्माण गरि समयसिमा भित्र संबिधान जारी गर्दै बिधिको शासन स्थापित गर्न देशलाई प्रगतिको बाटोमा अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

युवाहरुको व्यक्तित्व, नेतृत्व बिकासका माध्यमबाट सामाजिक सास्कृतिक रुपान्तरणको केन्द्रको रुपमा नेपाल जेसीजलाई स्थापति गर्ने र युवाहरुको आशाको बिश्वबिद्यालय बनाउन समायनुकुल कार्यक्रम गर्ने, शाखाहरुको संस्थागत तथा क्षमता बिकास एव सदस्यहरुको अवसरका क्षेत्रमा सिर्जनाका लागि नेपाल जेसीज मार्फत कार्यक्रम गर्ने र नेपाल जेसीजका क्षत्रीय सम्मेलन तथा राष्ट्रिय सम्मेलनलाई उपलव्धी मुलक बनाउन ध्यान दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

महाधिवेसनले राष्ट्रिय महाधिवेसनको आतिथ्यता गर्ने बागलुङ जेसीज परिवार एवं महाधिवेसन सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यावाद ज्ञापन गरेको छ ।

यसैबिच महाधिवेसनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट राष्ट्रिय कार्यकारीणि उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । चुनावी प्रतिस्पर्धामा रहेका ८ जना मध्ये ११ सय ६८ मत पाप्त गरि बिष्णु बराल,८ सय ५८ मत प्राप्त गरि अर्जुन प्रसाद चापागाई,८ सय ३४ मत प्राप्त गरि संगीता शर्मा पौडेल र ८ सय ३० मत प्राप्त गरि रमेश अधिकारी निर्वाचित हुनु भएको हो । १२ जना राष्ट्रिय उपाध्यक्षका लागि भएको निर्वाचनको भने मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग