Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हारे पनि आफुले गरेका प्रतिबद्धता पुरा गर्छु ः नेता वामदेव क्षेत्री

Published on 7:58:00 PM //

प्रेम सुनार
गुल्मी, २२ मंसिर । एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ उमेदवार रहनु भएको सो पार्टीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले आफुले चुनाव हारे पनि हिजो आफुले जनतासंग गरेका प्रतिबद्धता पुरा गराउन लागि पर्ने बताउनु भएको छ । आज क्षेत्र नम्वर ३ को नयागाउँ, पिपलधार र हाडहाडेका मतदाहरुसंगको भेटघाट कार्यक्रमा उहाँले यस्तो बताउनु भएको हो ।
सरकारी निकाय र विदेशी शक्ति केन्द्रले योजनावद्ध ढंगले एमाओवादीलाई हराउने षडयन्त्र गरेका आरोप लगाउँदै उहाँले हारे पनि हरेश नखाए षडयन्त्र चिर्न घर घरमा कार्यकर्ताहरु पुग्न निर्देशन दिनु भयो । आफु लामो समय सम्म जिल्लामा नआउनु र आफ्नो पार्टीको एजेण्डा राम्री बुझाउन नसक्नु पनि हारको अर्को कारण हुन सक्ने बताउँदै उहाँले आगमी दिनमा जनताहरु कै साथमा रहेर दुख सुखमा लागी पर्ने र क्षेत्र नम्वर ३ को विकास निर्माण जित्नेहरुले भन्दा बढि गरेर देखाउने दावि गर्नु भयो ।
मतदाता र कार्यकर्ताहहरुलाई धन्यवाद दिदै उहाँले साक्रिय कार्यकर्ताहरुको समेत मत चोरी हुनुको काराणबारे सुझाव लिनु भएको थियो । जफावमा कार्यकर्ताहरुले विपक्षीहरुबाट पैसा बाँड्ने, दलित वस्तीहरुमा राँगा, पाडा कटाउने र रक्सीको भेल बगाउन,े डर धम्की दिने कारणले आफ्नै कार्यकर्ताहरुको समेत भोट चोरी भएको दावि गरेका थिए । कार्यक्रममा सो पार्टीका अर्का केन्द्रिय सदस्य दिनेश पन्थी , राज्य समिति सदस्यहरु बुद्धि जीसी, भुपाल पोखरेल , क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगात सहभागी हुनुहुन्थ्यो ।
मतदातालाई धन्यवाद ज्ञपान संगै सो पार्टीले चुनावमा धाधली भएको भन्दै भण्डाफोर अभियान समेत गर्ने जनाएको छ । नयागाउँ र पिपलधारामा भएको कार्यक्रममा गाउँ नेताहरु कोसबहादुर थापा, महेन्द्र विसी, विष्णु फुल्देल, हाडहाडेका रोशन खवास लगायतले कार्यक्रमका ेआयोजना गरेको पत्रकार भरत पाण्डेले बताउनु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग