Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरुष विदेश जान थालेपछि, गाउँका बिद्यालयमा महिला शिक्षिकाको सङ्ख्या बढ्यो

Published on 8:16:00 PM //

प्रेम सुनार
गुल्मी, २२ मंसिर । आज भन्दा एक डेढ दशक अघि सम्म विद्यालयमा शिक्षक आव्हान सम्वन्धी विज्ञापन खुल्दा प्राय: महिला उम्मेदवार कमै देख्न पाईन्थ्यो तर अहिले पुरुष बढि मात्रमा वैदेशिक रोजगारमा भएकोेले प्राय पुरै महिला नै महिला उमेदवार हुने गर्दछन् । निजी श्रोतमा त झन महिलाहरु कै बाहुल्यता रहेको छ । पछिल्लो चरण जिल्ला शिक्षा कार्यालय कै नियुक्ति तथ्याङ्गले पनि महिलाहरुको संख्य बढ्दो देखाउँछ । गाउँबाट शिक्षित पुरुष शहर पस्ने वा बैदेशिक रोजगार ताक्ने भएका कारण विद्यालयमा महिलाहरुले अध्यापन पेशमा कब्जा जमाउने अवसर पाएको शैक्षिक क्षेत्रमा चर्चा लल्न थालेको छ ।
शैक्षिक गणतान्त्रिक मञ्चका जिल्ला अध्यक्ष खुमबहादुर थापा भन्छन् –म अध्यक्ष रहेको विद्यालय जन जागृति निमावि बडागाउँ ७ चौरमा त्यस्तै पाँच पटक सम्म शिक्षक आव्हान गरिए होला तर पुरुषकोे उम्ेदवारी नै कम प¥यो । ’ उनले थपे–‘त्यहाँ एकादुई पुरुष आए भने विदेश जाने तयारीमा रहेको भन्दै धोरोमोरो कुरा गर्छन , अनि जहिले पनि महिला उमेदवार नै बढि आउने भएकाले ७ जना महिला र दुई जना मात्रै पुरष शिक्षक हुनुहुन्छ ।’ जहाँ स्थापना काल २०५७ देखि नै सुशिला पोखरेलले प्रधानध्यापकचलाउँदै आएकी छन् । थापा भन्छन् ः– ‘पुरुषहरु विदेशतिर जान थालेपछि मात्र महिलाहरुले विद्यालयमा जागिर पाउने अवसर पाएका हुन अन्यथा यस्तो मौका पाउँदैनथे होला । ’ उनकै अध्यानमा निजी श्रोतमा रहेका कैयौं पुरुषहरु शिक्षण पेशालाई बैकल्पिक पेशाका रुपमा लिने र विदेश जाने तार्तम्य मिलाएर विद्यालयलाई धोका दिने तर महिलालाई नियुक्ति गरे स्थायीत्व दिने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले पनि अध्यापनको क्षेत्रमा महिलाहरुको आकर्षण बढ्दै गएको बताएको छ । उसको आधिकारीक तथ्याङ्क अनुसार जिल्लामा कुल १४४३ दरबन्दी र ६१५ राहत कोटा मध्ये ३८६ दरबन्दीमा २८५ जना राहत शिक्षक गरी ६७१ जना महिला रहेका छन् । जसमध्ये ३५ जना महिला र २८ जना राहतमा रहेर ६३ जना महिला प्रधानाध्यापकको भुमिकामा रहेका छन् । यति ठुलो संख्यामा महिलाहरुको सहभागिता रहेपनि जम्मा १९८ स्थायी र अन्य सबै अस्थायी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी एवं सुचना अधिकृत हरिलाल अर्यालले बताए । राहत र दरबन्दीको तुलनामा निजी स्रोतमा महिला शिक्षकको संख्या त्यसको दोब्बर भएको उनले जानकारी गराए । बालबिकाश तर्फ ४५७ कोटा मध्ये ९८ प्रतिशत महिला सहयोगी कार्यकर्ता रहेको उनले जनाएका छन् । सामुदायिक र संस्थागत बिद्यालयहरुमा महिलाहरुको आकर्षण बढ्दो रहेको र विद्यालयहरुले पनि महिलालाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ ।‘ आधा आधाको कुरा गर्ने हो भने पुराना शिक्षकका कारण महिलाको संख्या कम हो’ उनले भने–‘ नव सेवा प्रवेशीहरुको कुरा गर्ने हो भने विद्यालयहरुमा महिलाको संख्या दोब्बर जस्तै बढेको छ । ’महिलाहरु शिक्षकमात्र छैनन्, विद्यालयको नेतृत्व तहमा समेत रहेका छन् । कतै व्यवस्थापन समितिको अध्यक्ष त कतै प्राचार्य, प्रधानाध्यापकको जिम्मेवारी पुरुषहरु भन्दा के कमको प्रतिस्पर्धामा निभाइ रहेका छन् । जिल्लाका अधिकांश विद्यालयहरुमा २÷४ जना बुढापाका शिक्षक र नव पिढीका शिक्षिकाहरुको संख्या बढी देख्न सकिन्छ । सदरमुकाम तम्घासमा मात्र बिभिन्न विद्यालयहरुमा गरि झण्डै दुई सय जना भन्दा बढि महिलाहरु रोजगारीमा रहेका छन् ।
गाउंमै पनि एउटा गा.वि.स.मा कम्तीमा पनि २० देखि ३० जनासम्म महिलाहरुले विद्यालयहरुमा रोजगारी पाएका छन् । जिल्लाको बलिथुम, पराल्मी, जुभुङ, गौंडाकोट, सिमीचौर, अर्खले र तम्घासमा बढी महिलाहरु नै शिक्षण पेशामा संलग्न छन् । सदरमुकाम संग जोडिएको गा.वि.स.हरु भएको हुंदा श्रीमान अन्य पेशामा संगै बस्ने व्यवस्थाका लागी पनि यी गा.वि.स.हरुमा शिक्षीकाको संख्या बढेको हो । विशेष गरि तम्घास, अर्खले र सिमीचौरका विद्यालयहरुमा महिलालाई राख्ने कुरामा पहुंच लगाउने काम समेत हुंदै आएको छ । ग्रामीण क्षेत्रका महिलाहरु भने एक गा.वि.स. देखि अर्को गा.वि.स.मा समेत पुगेर पढाउने गरेका छन् । गाउंमा शिक्षित युवाहरु कि शहर कि विदेश ताक्ने हुंदा शिक्षक उमेदवारका लागी महिला–महिला बिचमै प्रतिस्पर्धा चल्ने गरेको छ । निजी स्रोतमा बढी मात्रामा व्यवस्थापन समितिको अध्यक्ष वा शिक्षकहरुका आफन्तजन पर्ने गरेको पाईन्छ ।
केही गा.वि.स.का विद्यालयहरुमा पुरै महिलाहरुले नै विद्यालय थेगेका छन् । क्षेत्र नम्वर १ को विकट गाविस फोक्सीङ्ग ६ स्थित जन कल्याण उच्च माध्याकि विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष र प्राचार्य दुवै महिला रहेका छन् । सो विद्यालयमा प्राचार्य मिना राना रहेकी छन् भने ब्यवस्थापन समितिकी अध्यक्ष देवि पुन छन् । अध्यक्ष स्वयम पनि अर्को विद्यालय मितुङ्ग मंगल स्थान निमावि फोक्सीङ्ग २ कि शिक्षिका हुन् । निजी श्रोतबाट अध्यापन पेशा सुरु गरेका उनिहरु आजको स्थानमा आई पुगौंला भन्ने नसोचेका बताउँछन् । के गर्ने हाम्रो जस्तो विकट गाउँ ठाउँ जति बेला महिलाहरुलाई चुलो चौकसमा सिमित राखिन्थ्यो त्यसैले आजको जिम्मेवारी पाईएला भन्ने सोचे कै थिईन ’ पाचार्य रानाले भनिन्–‘जिम्मेवारी दिए पुरुषले जति कै निभाउन सकिने रहेछ । दुई वर्ष अघि देखि दुवै महिलाले अध्यक्ष र प्रार्चाय हुने अवसर पाएका उनिहरुले पुरुषहरुको तुलनामा विद्यालयको शैक्षिक गुण स्तर र भौतिक विकासमा उल्लेख्य काम गर्न सकेको दावी गर्दछन् ।
उता २०५३ साल देखि प्रधानध्यापक चलाएकी आलम देउराली प्राथमिक विद्यालय दर्लामचौर ४ रामकोटकी शिक्षिका डालिमा कुँवर विद्यालयको काममा तम्घासतिर जाँदा बाहिरी मान्छेहरुले सुरुमा अनेक सोचे पनि अहिले त्यस्तो संक्रिणता नरेको बताउँ छिन् । राहतमा कुस्मा कुँवर, अन्यमा गिता पाण्डे, गिता घिमिरे , खुमबहादुर खत्री र दरबन्दीमा आफु रहेको उनले जानकारी गराईन ।  एक जना पुरुष शिक्षक र अरु चारै जना शिक्षिका रहेकोले काम गर्न सहज भएको उनको भनाई छ । शिद्ध प्राथामिक विद्यालय नेटा ४ आरुचौरमा पुरै महिला शिक्षक रहेका छन् । ६० जना विद्यार्थी रहेको सो विद्यालयमा प्रधानध्यापक देखि परिचर सहित छ जना महिलाहरु रहेका छन् ।
यही गतिमा विद्यालयहरुमा महिलाको आकर्षण बढ्दै गए अबको दश वर्षमा पुरुषको दोब्बर महिलाहरुको संख्या हुने जिल्ला शिक्षा कार्यालयको आंकलन छ । पुरुषहरुको वैदेशिक रोजगार वा सेना, प्रहरी र अन्य कर्मचारीको रोजगार र महिलाहरुले गाउंमा गृहिणीका अलावा विद्यालयको रोजगार पाउनुले आयस्रोत पनि ह्वात्तै बढ्ने भएकोले राज्य पक्षबाट पनि शैक्षिक क्षेत्रमा महिलाहरुको सहभागीता लाई प्राथमिकमा राख्नुपर्ने निति बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग