Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै बाबुको हत्या गरेर १० बर्ष जेल बसी निस्केर फेरी छिमेकिको हत्या (भिडियो)

Published on 4:54:00 AM //

तारा भुषाल
गुल्मी । बाह्र वर्ष कुकुरको पुच्छर ढुडग्रामा राखेपनि जस्ताको जस्तै भन्ने उखान गुल्मीमा चरितार्थ भएको  छ । आफ्नै पिताको हत्यागरि १० वर्षको कारागार जिवन विताएर मुक्त भएको ६ वर्ष बित्न नपाउदै पुन एक जनाको हत्या गरि फरार अभियुक्त प्रहरीको फन्दामा परेका छन ।  २०५४ सालमा गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने हर्क बहादुर घर्तिले आफ्नै पिता लाल बहादुर घर्तिलाइ हत्या गरि १० वर्ष कारागारमा सजाय भोगि मुक्त भएका निज हर्क बहादुर घर्ति पुन गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने राम बहादुर पाण्डे भनिने वर्ष ५२ को मेघ बहादुर पाण्डेको हत्या अभियोगमा प्रहरी हिरासतमा परेका छन ।
२० दिनको अन्तरालमा गुल्मी जिल्लामा भएका तिन वटा छुट्टा छुट्टै हत्याका अभियुक्त हरुलाइ एक साथ सार्वजनिक गर्ने क्रममा हर्क बहादुर घर्ति सहित गुल्मी ठूलोलुम्पेक गाविसका अर्का हत्याका अभियुक्त गंगबहादुर कुवरलाइ अश्लेवा गाविसका पदम प्रसाद पाण्डेको हत्या अभियोगमा सार्वजनिक गरिएको थियो साथै अर्का गुल्मी धुर्काट रजस्थल गाविस वार्ड नं. ६ बस्ने कपुर बि क लाइ गरल्मीकै अम्मरपुर गाविसका पुने सुनारको हत्या अभियोगमा सार्वजनिक गरिएको हो । यी तिनै जनालाइ गुल्मी जिल्ला प्रहरीले गुल्मीमा एक साथ सार्वनजिक गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग