Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः अपाङ्ग अमृतको चुहिने झुपडीमा अब टिनको छाना, कृत्रिम खुट्टा पनि लगाईने

Published on 4:38:00 AM //

प्रेम सुनार
गुल्मी, १४ पुस । केहि दिन अघि गुल्मी दर्लिङ्गका एक अपाङ्ग एवं विपन्नको विचल्लिको खवर रेडियो पत्रिका ओझेलका खवरमा प्रशारण भएपछि गुल्मीन्युज डट कम मार्फत सुनेर गुल्मी घर भई विदेशमा बस्ने नेपालीहरुले उनको चुहीने खरको झुपडीमा टिनको छान लगाई दिन आज ४५ हजार रुपैयाँ दिएका छन् । दर्लिङ्ग गाविस वडा नम्वर ६ गैरावारी निवासी १८ वर्षिय अपाङ्ग अमृत बिश्वकर्माको घर ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा विभिन्न मुलकमा रहेका नेपालीहरुबाट संकलन भएको रकम बैंक मार्फत पठाई तम्घासमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

अमेरिकामा सहयोग संकलनमा विशेष पहल गर्ने गुल्मी पौदीअमराई ४ का कैलास के.सीले स्वर्गिय पिता पुर्नबहादुर केसीको सम्झनामा अपाङ्ग अमृतको घर बनाई दिन त्यहाँबाट २५ हजार रुपैयाँ पठाई दिएका छन् । त्यस्तै अमेरिकाबाटै दर्लिङ्ग गाविस वडा नन्वर १ मलारानीका टिकाबहादुर रायमाझीले ५ हजार, गुल्मी दर्लिङ्ग २ वलगास घर भई अमेरिकामा बस्ने सुवोद केसीले ५ हजार र ईजराइलमा कार्यरतहरु क्रमशः मुसिकोट ५ देउरालीकी विद्या कार्कीले ३२ सय, ताप्लेजुङ्गकी सुस्मिता चुडालले ८ सय, प्युठानकी कमला पुनले ८ सय, रुपन्देही रुद्रपुर ९ की कविता ढकालले २७ सय ५०, गुल्मी जोहाङ्ग ७ लम्हरी डाँडाकी सिता भण्डारीले २७ सय ५० सहित कुल ४५ हजार सहयोग अमृतका परिवारलाई भएको हो ।
अमेरिकाबाट मुख्य सहयोगी कैलास केंसीले दुखी गरिव असहायहरुको सहयोग नै साँचो धर्म भएको बताए । अमेरिकामा रहेर सहयोग गर्ने अन्य सहयोगदाताको भनाई पनि त्यही रहेको छ । उनिहरुले यस पुर्व पनि धेरैको जिवन रक्षा र आफ्नो गाउँको विकासमा सहयोग गर्दै आईरहेका छन् ।
उता ईजराईलमा कार्यरत मुसिकोटकी विद्या कार्की असाहयहरुको उद्धारमा अग्रणी भुमिका खेल्दै आएकी छन् । उनले केहि दिन पुर्व तम्घासका असाहय विशाल बिश्वकर्मालाई पनि राशन र जाडोमा लगाउने न्यानो कपडा प्रदान गरेकी थिईन् । उनले अमृतलाई पठाएको रकम अन्य कुरामा खर्च नगरी घर नै बनाउन जोड दिएकी छन् । सहयोगदाताहरुको आग्रह अनुसार यसै समाचारता प्रेम सुनारको संयोजकत्वमा अमृतको घर निर्माण समिति गठन गरिएको छ ।
समितिमा तम्घास मिलनचोकका समाज सेवी रामप्रसाद पन्थी, अपाङ्ग अमृतलाई शिक्षा प्रदान र संरक्षकत्व गरी रहेको आश अपाङ्ग केन्द्र तम्घासका प्रतिनिधी सुरेश श्रेष्ठ , अमृतकी आमा धनमाया बि.क, सहयोगदाता विद्याका माता पिता मिनबहादुर कार्की र मनीकला रहेका छन् । समितिले बैठकवसी उनको घर छाउनका लागि जयराम हार्डवेयरबाट २५ हजार ८ सय रुपैयाँको टिन र किला–काँटीहरु खरिद गरी अमृतकी आमा धनमायाको जिम्मा लगाएको छ भने घर छाना लगाउनका लागि मिस्त्री खर्च रु १९ हजार २ सय रुपैयाँ अमृतको नाममा साईन रेसुङ्ग बैंकमा राखीएको छ । उनको घर भोली देखि नै बनाउन सुरु गरिने भएको छ । सहयोग रकम विद्याका माता पिता मिनबहादुर र मनीकलाले अमृत र उनकी आमा धनमायालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमा अमृतकी आमा सहयोग प्राप्त गरेपछि विद्याकी आमालाई अंगालो हाल्दै रोएकी थिईन् । उता विद्याकी आमा पनि रुन थालेपछि एकछिन सवै भावुक बनेका थिए । ‘मैले त मेरो छोराको त्यो गती देख्दा उति बेलै मरेको भए पनि हुन्थ्यो भनेकी थिएँ’– अमृतकी आमाले भनिन् –‘आज यस्तो सवैबाट सहयोग भएर यसरी मुस्कुराउला भनेकी थिईन् अमृतकी आमाले गला अवरुद्ध पार्दै भनिन्–‘ यहिले उ मुस्कुराउदा मेरो आत्माले आशिष दिएको छ चुहीने झुपडी बनाई दिने र मेरो छोरालाई सपाङ्ग झैं ह्ड्निे बनाई दिने आशा अपाङ्ग केन्द्रलाई ।’
अमृतलाई केन्द्रले कृतिम खुट्टा बनाई दिने भएको छ भने अहिले बैशाखीको सहार दिएर केन्द्र मै राखेर पढाउने भएको केन्द्रकी प्रबन्धक गंगा रायमाझीले जानकारी दिईन् । तिन वर्ष अघि १३ वर्षको उमेरमा भारतमा जुठा भाँडा माझन गएका अमृत गएको ५ महिना मैं सडकमा गाडीले किचेर दुई खुट्ट गुमाएका थिए । ११ महिना भारतको अस्पतालमा रहेका अमृतको उपचारमा परिवारले ११ लाख ऋणको भारी बोकेर बसेको छ । जुन ऋण उनिहरुको श्री–सम्पत्ति बेचे पनि तिर्न पुग्दैन् । उनिहरुको त्यो विचल्लीको खवर थाहा पाएपछि ओझेलका खवर युनिट घरमै पुगेर उनिहरुको कथा ब्याथा लिएको थियो ।




तस्वीरःसहयोग अमृत र उनकी आमालाई सहयोग हस्तान्तरण गर्दै काकी दम्पत्ती

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग