Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाण्डवखानीमा वन व्यावस्थापन तालिम सम्पन्न

Published on 1:23:00 PM //

कमल पौडेल
खर्वाङ, वागलुङ माघ ६ । बागलुङ जिजिल्लाकोल्लाको पाण्डवखानी गाविसमा २ दिने वन व्यावस्थापन तालिम सम्पन्न भएको छ । दलित शसक्तिकरण केन्द्र वागलुङको आयोजना तथा बहुसरोकारवाला वन कार्यक्रम लिवर्डको आर्थिक सहयोगमा तालिम संचालन भएको थियो । २ दिने तालिममा वन व्यावस्थापन कार्य, प्रवर्धन तथा उपयोगको विषयमा सहजिकरण गरिएको थियो । तालिममा पाण्डवखानी गाविसका सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तालिम खर्वाङ रेञ्जपोष्टका वन रक्षक प्रेमलाल शर्मा, लिवर्डका खर्वाङ शाखा प्रमुख नारायणी आचार्य थापा र सहजकर्ता डम्वर श्रीसको सहजिकरणमा सम्पन्न भएको थियो ।
पाण्डवखानी गाविस सचिव जनकराज शर्माले उद्घाटन गर्नुभएको तालिममा सहभागिहरुका तर्फवाट शिवधुरी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष तिलक घर्ति मगर र गोबाले सामुदायीक वन उपभोक्ता समितिका सचिव सावित्रा काउचाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समापन कार्यक्रम गाँउ वन समन्वय समिति पाण्डवखानीका अध्यक्ष टेक वहादुर पुनको अध्यक्षता एवं सहजकर्ता डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग