Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लुङ्ग नगरबासीहरुको खानेपानी समस्या एक वर्षमा समाधान हुने

Published on 7:22:00 PM //

कविता घर्ती मगर 
खानेपानीको समस्या भोग्दै आएका बाग्लुङ नगरबासीहरुको समस्या अवको एक
वर्षमा समाधान हुने भएको छ । वाग्लुङ नगरपालिकामा खानेपानी समस्या समाधान गर्न बृहत खानेपानी आयोजना शुरु भएको छ । एशियाली विकास बैंक, स्थानीय उपभोक्ता लगायतको १९ करोड ४४ लाख दुई हजार रुपैया“को लागनमा निर्माण हुन लागेको खानेपानी आयोजनाको नगर क्षेत्रमा पाइप गाड्ने काम धमाधम भइरहेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका बागलुङवासीलाई छिट्टै खानेपानीको सुविधा पु¥याउन लक्ष्य सहित शुरु भएको यो योजनाको काम धमाधम हुन लागेको हो ।
प्रतिसकेण्ड ३१ लिटर खानेपानीको माग रहेपनि जम्मा १६ लिटर प्रतिसेकेन्ड खानेपानीको आपुर्ति भइरहेकोमा यो योजना निर्माणस“गै प्रतिसेकेण्ड ४१ लिटर खानेपानीको आपुर्ति हुने बागलुङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । भु“दी खोला र डुडिया खोलाबाट खानेपानी ल्याउने तयारी अनुरुप मुहान दर्ता भइसकेपछि स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा समस्या आएको थियो । २०१४ जनवरी १९ मा सबै काम सकिनुपर्ने भएपनि कन्ट्रयाक्टरले समयमा कामदार उपलब्ध नगराएको, मुहान विवाद तथा सरकारी कामको झन्झटका कारण ढिलाई भएको उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग