Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल दुर्घटनामा एकको ज्यान गयो

Published on 12:55:00 PM //

प्रेम सुनार
गुल्मी, १७ माघ । छिमेकी जिल्ला अर्घाखाँची घर भई गुल्मीको तम्घासमा ब्यबसाय गर्ने एक युवाको गए राती मोटर साईकल दुर्घटनामा परी ज्यान गएको छ । अर्घाखाँचीको भगवातीँ ५, वाईगाउँ निवासी ३० वर्षिय शिव मरासनीको हिजो भगवती गाविस तारुभतेरामा लु २ प ५७६४ नम्वरको मोटर साईकल सांझ करिव ८ वजेको समयमा सडकको कुनामा ठोक्कीदा ज्यान गएको हो ।
हिजो दिउँसो तम्घासको भिमचोकमा वस्त्रालय पसल गर्ने राजकुमार श्रेष्ठकी आमाको मृत्युमा उनको घर अर्घाखाँचीको वाङला टुनिपोखरीमा समावेदेना प्रकट गर्न गुल्मी हर्दिनेटाका जनक पन्थको उक्त साईकलमा चढेर उनि गएका थिए । पन्थ संगै फर्केर तम्घास आउँदै गर्दा सो स्थानको पधेरोको नालीमा मोटरसाईकल ठोक्कीएर मरासीनी टाउकोले टेक्न पुगेको र उपचार्थ ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
चालक पन्थको स्वास्थ्य अवस्था भने सामन्य रहेको र उनलाई अर्घातोष प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले बतायो । मरासीनीले तम्घासको क्याम्स रोडमा मरासीनी मिष्ठनालय सञ्चालन गर्दै आएका थिए । 
 मृतक मरासीनीका एक श्रीमती र ८ वर्षका जुम्ल्या छोराहरु छन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग